मेयर चिरीबाबुले भनेः खड्ग जात्रा महानगरको प्रतिष्ठा हो, सबैले सहयोग गरौं



ललितपुर,
ललितपुर महानगरपालिकाले पाटनको ऐतिहासिक र महत्वपूर्ण खड्ग९पायः० जात्राको निरन्तरतालागि अक्षय कोष खडा गर्ने भएको छ । खड्ग जात्राको समीक्षात्मक बैठकमा आइतबार महानगरका मेयर चिरीबाबु महर्जनले अक्षयकोष खडा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । अक्षयकोषले जात्राको निरन्तरतासँगसँगै अपनत्व महसुश गर्न सहयोग पु¥याउने बताए ।

ललितपुर महानगरपालिकाको पहलमा २४ वर्षदेखि रोकिएको खड्ग जात्रा यसै वर्षबाट सुरु भएको हो । यो जात्रा सुरु गर्न उद्योग वाणिज्य संघ ललितपुर र ज्यापू समाज लगायतका संघ संस्थाले सहयोग गरेका थिए । यो जात्रा प्रत्येक वर्ष दसैंका बेला देखाइन्छ ।

खडा हुने अक्षय कोषमा ठूलो हिंस्सा ललितपुर महानगरपालिकाको रहने बताउँदै मेयर महर्जनले भने,‘अन्य संघसंस्था समेत उक्त अक्षयकोष खडा गर्न सहभागि हुन सक्नु हुन्छ ।’ कला, संस्कृतिको संरक्षणमा तल्लिन रहेका संघसंस्था, सामाजिक उत्तरदायित्व बहन गर्ने संघसंस्थाको सहयोग अक्षयकोष खडा गर्नका लागि महत्वपूर्ण हुने उनले बताए । विभिन्न क्षेत्रमा सेवा पु¥याइराखेका संघसंस्थाको सहभागिताले सामाजिक उत्तरदायित्व महसुस गराउन सहयोग पुग्ने उनको भनाइ थियो । अब मनाइने यो जात्राको लागि रातो पुस्तिकामा नै बजेट छुट्याउने गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अबका एक वा दुई वटा खड्गजात्रा मात्रै महानगरपालिकाको समन्वयमा आयोजना हुने बताउँदै अक्षयकोष स्थापनासँगै जात्रा संचालनका लागि छुट्टै समिति बनाइने मेयर महर्जनले बताए । उनले भने, ‘ आर्थिक स्रोत सहित कमिटी बनाएर कामको जिम्मा दिदाँ त्यसको रिजल्ट राम्रो आउँछ, त्यसैकै तयारीमा हामी छौं । ’ उनले सम्पदा,संस्कृतिक संरक्षण महानगरको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएको बताउँदै आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले खड्गजात्रा ललितपुरबासीको प्रतिष्ठासँग जोडिएको बताउँदै यसलाई पैसा सँग नदाज्न अनुरोध गरे ।

उपप्रमुख गीता सत्यालले २४ वर्षसम्म आयोजना नभएको जात्राले निरन्तरता पाउँदा महानगरवासी खुशीले गद्गद् भएको बताइन् । उनले सांस्कृतिक र परम्परा जोगाउन यो जात्राको सुरुवात कोशेढुंगा भएको बताइन् ।

उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले खड्ग जात्रा सञ्चालन भएपछि नगरवासीमा उत्सुकता बढेको बताए । उनले सबैको सहयोगले यो जात्राले निरन्तरता पाएको बताउँदै पर्यटन प्रबद्र्धनमा यस्ता जात्राको महत्व हुने बताए । उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष सविन श्रेष्ठले यस्ता जात्राहरुको सञ्चालन र संरक्षणबाटै पर्यटक आकर्षण गर्न सकिने स्पष्ट पारे । उनले आर्थिक उपार्जनका लागि समेत यी जात्रा महत्वपूर्ण हुने दाबी गरे ।

गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख शैलेन्द्र पौडेलले पर्व, पूजा र जात्राको दरबन्दीलाई गुठी संस्थानले पुनराबलोकन गर्न सक्ने बताए । जात्रामा गरिने पूजा अर्चना वापत दिइने पारिश्रमिकलाई प्रक्रिया पु¥याएर परिमार्जन गर्न सकिने उनले स्पष्ट पारे ।

जात्राबाट उठेको आय आर्जनलाई ललितपुरको कला संस्कृति संरक्षणमा लगानी गर्न सकिने उनले स्पष्ट पारे । कार्यक्रममा विभिन्न संघसंस्था र गुठीका पदाधिकारीको सहभागिता थियोे।

प्रतिक्रिया दिनुहोस्