चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त बनाउन कोका–कोलाको सहकार्य



काठमाडौं, (नेस)
चितवन राष्ट्रिय निकुञ्जलाई जनवरी १ तारिखदेखि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाल आर्मी, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यटन उद्यमी, स्थानिय समुदायलगायतले सहकार्य गरेका छन् ।

प्लास्टिकमुक्त क्षेत्रको अभियानमा कोका–कोला नेपालका तर्फबाट कन्ट्री डिरेक्टर अम्बुज सिंह, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, हिमालयन क्लाइमेट इनिसिएटिभका सीईओ शिलशिला आचार्यलगायत स्थानीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।
विगत ४ वर्षदेखि कोकले प्लास्टिकजन्य वस्तुको व्यवस्थापनका लागि थुप्रै सहकार्य गर्दै आएको छ ।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘ यो कदम हाम्रो ग्रह, समुदायका साथै व्यापारका दृष्टिकोणले पनि निकै उपयुक्त हुने आशा राखेका छौं । कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुन्जबाट जम्मा भएका पुनःनवीकरण हुन प्लास्टिकजन्य फोहोरलाई सहि तरिकाले रिसाइकिल गर्नेछ । त्यस्तै कोका–कोला नेपालले आफ्ना पाटनरसँग सहकार्य गरेर रिसाइकल नहुने प्लास्टिकजन्य फोहोरका लागि समाधान खोज्न प्रयासरत रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्