रिमेकमा पिरतीको मीठो तिर्सना



मिलन चाम्स निर्देशित तथा निर्मित फिल्म वीरविक्रम–२ को पहिलो गीत पिरतीको मीठो तिर्सना राजधानीमा बिहीबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। 

अभिनेताद्वय पल शाह र नाजिर हुसेन तथा नायिका वर्षा शिवाकोटीलाई फिचर्ड गरिएको गीत सार्वजनिक गरिएको हो। तुलसी घिमिरेको निर्देशन र युवराज लामाको निर्माणमा बनेको पुरानो फिल्म देउतामा समावेश पिरतीको मीठो तिर्सनाको रिमेक भर्सनको गीतमा स्वर ताराप्रकाश लिम्बु र मेलिना राईको रहेको छ। यस गीतको ओर्जिनल भर्सनमा भने इन्द्रजित मिजार र भारती घिमिरेको स्वर रहेको थियो। देउतामा भने राजेश हमाल र सिर्जना बस्नेतले नृत्य गरेका थिए।

जोमसोमको रमणीय दृश्यमा आकर्षक भेषभूषाको प्रयोग गरी छायांकन गरिएको गीतका लागि कोरियोग्राफर कविराज गहतराजले आकर्षक कोरियोग्राफी गरेका छन् भने छायांकन निर्देशन सुदीप बराल र छायांकन नवराज उप्रेतीको रहेको छ।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले वीरविक्रम–२ मा समावेश गीत आफ्नो व्यावसायिक फाइदा र पुरानो राम्रो गीतलाई फेरि पनि जीवित बनाउन राखिएको बताए। ‘हामीले यो गीतको छायांकनका लागि मुस्ताङ रोजेको गीतको दृश्यमा नया“पन दिनका लागि हो। वास्तवमा अहिले मुस्ताङमा पर्यटक बढ्नुका कारण नै नेपाली फिल्मको सुटिङ त्यहा“ गरेकाले हो’, उनले भने– ‘यो गीतलाई फेरि प्रयोग गर्न अथोरिटी दिनुहुने देउताका निर्माता युवराज लामालाई धन्यवाद दिन चाहन्छु।’

नायिका वर्षा शिवाकोटीले यो लोकप्रिय गीतमा काम गर्न पाउनु नै भाग्यको कुरा भएको बताइन्। ‘सानो बेलामा आफूले नाच्ने गाउने गरेको सफल गीतमा काम गर्न पाउनु नै भाग्यका रूपमा मैले लिएको छु। मैले यो गीतको सुटिङ काठमाडौंमा गरौं पनि भनेको थिए“। किनभने मैले मुस्ताङमा सुटिङ गर्न गाह्रो हुन्छ भन्ठानेको थिए“। तर, त्यति ठूलो टिममा यति सजिलोस“ग काम गर्न सकिन्छ भन्ने सोचेको थिइन“। मिलन दाइलाई यो फिल्ममा इन गराउनुभएकोमा धन्यवाद’, वर्षाले भनिन्– ‘पल र नाजिरस“ग फस्ट टाइम काम गर्दा रमाइलो भनुभव भयो। फिल्म राम्र“े बनेको छ भन्ने कुरामा विश्वस्त छु।’

नायक पल शाहले धेरै समयपछि फिल्म र टिम राम्रो पाएका कारण वीरविक्रम–२ मा काम गरेको बताए। गायक ताराप्रकाश लिम्बुले सानैदेखि गाउ“दै आएको कालजयी गीतमा स्वर भर्न पाएकोमा खुसी व्यक्त गरे। छायांकन निर्देशक सुदीप बरालले फिल्मको सुटिङको समय सम्झ“दै पारिवारिक वातावारणमा रमाइलो गरी सुटिङको काम सकिएको बताए। कोरियोग्राफर कविराज गहतराजले गीतमा आफूले राम्रो काम गर्ने कोशिस गरेको र शुरूमा पोखरामा छायांकन गरौंभन्दा जोमसोममा सुटिङ गर्नका लागि छाया“कार सुदीप बरालले हौस्याएको बताए।

चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्माणाधीन फिल्मका अन्य कलाकारमा बुद्धि तामाङ, देशभक्त खनाल, बेनिशा भण्डारी, क्ष्“ितीज सुवेदी तथा बाल कलाकारमा सौरभ शाह, सुर्यान्स खड्का र मनीष लिम्बु रहेका छन्। फिल्मका सहनिर्माता अर्पण सापकोटा रहेका छन् भने फिल्मका कथा तथा पटकथा प्रदीप भारद्वाज, द्वन्द्व हिमाल केसी र सम्पादन बनिष शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्