एभरेष्ट बैंकद्वारा लुम्बिनी क्षेत्रमा बस्न कर्सी प्रदान



काठमाडौं, (नेस)
एभरेष्ट बैंकले लुम्बिनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।

मायादेवी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले हस्तान्तरण गर्नुभएको थियो ।
एभरेष्ट बैंकले १० लाखभन्दा बढी ग्राहकलाई ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएममार्फत् सेवा प्रदान गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस्