रेशम चौधरीले लिए थारु भाषामा सपथ



गंगा बराल, काठमाडौं ।

कैलालीको टीकापुर हत्या प्रकरणमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरी संसदको शपथ लिएका छन् ।

सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख कृष्णबहादुर महराले उनलाई थारु भाषामा सपथ खुवाउनुभएको हो । सपथ लगत्तै उनले नेकपाका प्रमुख देव गुरुङसँग कुरा गर्दै भने, ‘हामी त धनगडी कार्यक्रमा पनि सँगै थियौ तपाई पछि आउनुभयो म पछि आएँ ।’ यसका सथै उनलाई राजपाका नेताहरुले पनि बधाई दिएका थिए ।

सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा केहीबेरमा उनलाई शपथ ग्रहण गराइँदैछ । शपथ लगत्तै चौधरीलाई पुनः कारागार लगिने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘चौधरी पहिले सर्वसाधारणको रूपमा थुनामा थिए, अब निलम्बित सांसदको रूपमा थुनामा रहन्छन्’

चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्