नक्कली सुन दिई ४० लाख ठगी गर्ने संगठित समूह पक्राउ



काठमाडौं ।
नक्कली सुन देखाई प्रलोभनमा पारी सस्तो मूल्यमा सुन दिलाई दिन्छु भनी नगद ४० लाख रुपैयाँ लिई एक किलोग्राम बराबरको नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न १० जनाको संगठित समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका १७ का २५ वर्षीय पवन बिक, पेप्सीकोला ३५ बस्ने धनुषा जनकपुर नगरपालिका ९ का ३५ वर्षीय मनिष ढुङगाना, काठमाडौं महानगरपालिका काडाँघारी बस्ने सर्लाही हरिवन ९ का २५ वर्षीय बिवेक दनुवार, काठमाडौं महानगरपालिका म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका ११ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं महानगरपालिका बौद्ध बस्ने धनकुटा गाउँपालिका ६ की २५ वर्षीया सलिना शर्पा भन्ने संगिता राई, काठमाडौं महानगरपालिका बौद्ध बेसीगाँउ बस्ने पर्सा बिरुवागठी १ का सन्तोषकुमार लामा, तारकेश्चर नगरपालिका ६ बस्ने रौतहट रङ्गपुर गाउँपालिका(७ नयाँबस्ती कटानीका ३२ वर्षीय समिर लामा भन्ने सरोजकुमार घिसिङ, गोकर्णश्वर नगरपालिका ४ माकलबारी बस्ने काभ्रे रोसी गाउँपालिका ९ मंगलटारका २६ वर्षीय मनोज लामा, सोही ठाउँ बस्ने बारा निजगढ नगरपालिका १ सिंगौल नमुनाबस्तीका २८ वर्षीय सुरेश राई र बारा निजगढ नगरपालिका २ सिंगौलका २८ वर्षीय सागर राई रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका बिभिन्न स्थान र मितिमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्