ट्रम्प–किम वार्ता तयारी, सेनटोसा द्वीपस्थित कपेले होटलमा भेटवार्ता हुने



सिंगापुर, (एजेन्सी)
अहिले विश्व नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनबीचको शिखर वार्ताको पर्खाइमा छ । दुवै नेताबीच जुन १२ मा भेटवार्ता हुनेछ । उनीहरूबीचको यो विशेष ऐतिहासिक वार्ता सिंगापुरमा हुने पनि निश्चित भइसकेको छ ।
≈वाइट हाउसले दुई नेताबीच वार्ता सिंगापुरको सेनटोसा द्वीपमा हुने पुष्टि गरेको छ । राष्ट्रपति ट्रम्पले मंगलबार वार्ता योजनाअनुसार तयारी भइरहेको बताएका थिए ।
अमेरिकाले उत्तर कोरियाको परमाणु हतियार समाप्त पार्न चाहन्छ । यद्यपि वार्तामा कुन मुद्दा चर्चा हुनेछ भन्ने विषयमा स्पष्ट भइसकेको छैन । ट्रम्पले पहिलो भेटमा वार्ता लामो समयसम्म चल्ने सम्भावना रहेको र त्यसपछि पनि कयौंपटक भेट्नुपर्ने हुन सक्ने बताइसकेका छन् ।

उत्तर कोरियाका कुनै नेताले अमेरिकाका मौजुदा राष्ट्रपतिसँग भेट्न लागेको यो पहिलो घटना हो । ≈वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले ट्विटरमा वार्ता पाँचतारे कपेले होटलमा हुने जानकारी दिएकी छिन् । तर दुवै नेताका लागि बस्ने व्यवस्था भने अन्तै हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प सांग्रिला होटलमा बस्न सक्ने समाचारमा जनाइएको छ । उत्तर कोरियाली नेता किम सेन्ट रेगिस सिंगापुर होटलमा बस्न सक्ने बताइएको छ । ती दुवै होटल सिंगापुरको मुख्य द्वीपमा पर्छ ।

सेनटोसा सिंगापुरका ६३ द्वीपमध्येको एक हो । मुख्य आइल्यान्डबाट केही दूरीमा पर्ने सेनटोसा द्वीप ५ सय हेक्टरमा फैलिएको छ । यहाँ कयौं लक्जरी रिसोर्ट, निजी जलक्षेत्र र भव्य गल्फ क्लब छन् । यो द्वीपको विगत समुद्री डकैती, रक्तपात र युद्धजस्ता काला इतिहास रहेको छ । १९औं शताब्दीमा सिंगापुरलाई एक बेलायती व्यापारिक नाकाका रूपमा स्थापित गरिएको थियो । भारत र चीनको समुदी्र मार्गमा पर्ने भएकोले यो नाकाको विशेष महŒव थियो ।समुद्री डाँकूको लुटमार र हिंस्रक घटनाका कारण यो व्यापारिक केन्द्रको छवि राम्रो थिएन ।

सन् १९४२ मा सिंगापुर जापानको कब्जामा गएको थियो । त्यसपछि जापानले यसलाई सोयोनन नाम दिएको थियो । यसको अर्थ ‘दक्षिणको ज्योति’ थियो । त्यसको केही वर्षसम्म जापान विरोधी तŒवलाई समाप्त पार्नका लागि अपरेसन चलाइएको थियो । त्यसमा हजारौंको ज्यान गएको थियो । सेनटोसाको जुन तटीय क्षेत्रमा नरसंहार भएको थियो, अहिले त्यहाँ कपेले होटल बनेको छ । यही होटलमा ट्रम्प र किमबीच शिखर वार्ता हुँदै छ ।

लग्जरी होटलमा ट्रम्प–किम शिखर वार्ता
१ सय १२ कोठा रहेको कपेले रिसोर्ट ३० एकडमा फैलिएको छ । उक्त रिसोर्ट बेलायती आर्किटेक्टले डिजाइन गरेका हुन् । यहाँ बेलायती शासनकालका कयौं भवनहरू अझै हेर्न पाइन्छ । यहाँको प्रिमियम गार्डन किङ रूमको एक रातको मूल्य करिब ५ सय अमेरिकी डलर छ । प्राइभेट पुलसहित ३ कोठाको कोलोनियल मनोरको एक रातको मूल्य ७ हजार अमेरिकी डलर पर्छ । ≈वाइट हाउसका अधिकारीले आयोजनास्थलको जाँच गरिसकेका छन् । सम्मेलनको तयारी पनि भइसकेको छ । जुन १५ सम्मका लागि पूरै रिसोर्ट बुक भइसकेको छ । त्यसैले कुनै पनि पर्यटक त्यहाँ जान सक्दैन ।

ट्रम्पको साहसिक तथा परिपक्व निर्णय : पुटिन
मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर बैठक गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय ‘साहसिक र परिपक्व’ भएको बताएका छन्् । वार्ताबाट सकारात्मक नतिजा दिनेमा आफू आशावादी रहेको पुटिनले बताए ।
दुई नेताबीच सिंगापुरमा जुन १२ मा ऐतिहासिक शिखर वार्ता हुँदै छ । यसअघि ट्रम्पले उत्तर कोरियाको शत्रुतापूर्ण व्यवहारका कारण वार्ता रद्द गर्ने घोषणा गरेका थिए । तर शुक्रबार पुनः किमसँगको वार्ताका लागि आफू तयार रहेको ट्रम्पले बताएका थिए । ‘यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अत्यन्तै साहसिक र परिपक्व निर्णय हो । यो बैठक हुन्छ र यसको नतिजा सकारात्मक आउनेमा हामी आशावादी छौं।’ –पुटिनले चाइना मिडिया ग्रुपलाई दिएको एक अन्तर्वातामा बताए ।


पुटिनले यसै साताको अन्त्यतिर हुने सांघाई सहयोग संगठनका शिखर सम्मेलनमा भाग लिने बताइएको छ । गत महिना ट्रम्पसँगको आफ्नो प्रस्तावित बैठकले काम नगरेको र उनी आफै अनेक समस्याले घेरिएको क्रेमलिन नेताले बताए । मार्चमा ट्रम्पले दुई नेताबीच चाँडै भेटवार्ता हुने बताएका थिए तर त्यहीबेलादेखि पहिले नै बिगे्रको वासिङ्टन र मस्कोबीचको सम्बन्ध झन् खराब भएको थियो।

प्रतिक्रिया दिनुहोस्