गर इन्द्रसँग सम्झौता



जुन ५ अर्थात् विश्व वातावरण दिवस विगतका वर्षहरूझैं यसपटक पनि धुमधाम भयो । वृक्षरोपण, ¥याली, टोल बस्ती सरसफाइजस्ता कार्यक्रमले यस वर्ष पनि राम्रै निरन्तरता पायो । काठमाडौं उपत्यका मात्रै होइन, मुलुकभर हरियाली प्रवद्र्धनका विविध कार्यक्रम भएको सुनियो, देखियो ।

एक वर्षभित्रैमा चामत्कारिक परिवर्तन ल्याउने दाबी गर्दै सरकारले हरियाली प्रवद्र्धनको महाअभियान शुरू ग¥या छ । वृक्षरोपण, फोहोर मैला व्यवस्थापन चुस्त बनाउने, प्रदूषित नदीनाला चटक्क पार्ने, ध्वनि र वायु प्रदूषणमा ठूलै छलाङ ल्याउने अभियानको दाबी छ । जे होस्, परिणाम एक वर्षमा दूधको दूध पानीको पानीझैं छ्याङै होला ।

धरहराले बुझ्न नसक्या कुरा, नेपालले वातावरण दिवस मनाउन थाल्या वर्षौं भयो, अनि वृक्षरोपण त झन् कति हो कति । सबै बोटबिरुवा जाग्या भए नेपाल ९० प्रतिशतभन्दा बढी वन जंगलले ढाक्या हुन्थ्यो । मुलुक उस्तो हो कि, वृक्षरोपण गर्ने हात मुस्किलले १०÷१५ प्रतिशत बोटबिरुवा हुर्किएको बढेको देखिन्न । बटुवाको चाप हुने सडक र अन्य खुला ठाउँको वर्णन गरिरहनुपर्दैन ।

तर निकै बलियो तारबार ग¥या घरबार र सिंहदरबारको हालत पनि उस्तै देखिन्छ । बोटबिरुवालाई मलजलचाहिँ उनै इन्द्रले ‘माथि’बाट पठाउनु परेपछि त्यस्तो भा हो कि? इन्द्रसँग २÷४ बुँदे सम्झौता नगरेसम्म महाअभियान सफल बन्नेमा धरहरालाई निकै शंका लाग्या छ ।

प्रतिक्रिया दिनुहोस्