माधवको डान्सिङ दोहोरी



रमाइला गीत गाएर लोकगायनको क्षेत्रमा फरक पहिचान बनाएका लोकगायक माधव थापा नयाँ डान्सिङ दोहोरी गीत बैना साथ दर्शकमाझ आएका छन्।

गीतमा माधव र प्रीती आलेको स्वर रहेको छ भने शब्द र संगीत पनि स्वयं माधवकै रहेको छ। माधव गायनको अतिरिक्त शब्द लेख्न, भाका खोज्न र अभिनयमा पनि पोख्त छन्।
यस गीतको म्युजिक भिडियोमा गायक रामजी खाँण र गायिका प्रीती आलेले कम्मर मर्काएका छन्। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्।

गीतमा भर्खर–भर्खर प्रेममा पर्न लागेकाको भाव व्यक्त गरिएको छ। गीतमा प्रेमीले प्रेमिकालाई जाली रूमाल बैना लगाउन खोज्दा प्रेमिका भने वैश जो सुकैलाई पनि एकपटक आउँछ भन्दै सम्हाल्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्