काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने गृहमन्त्रीको चेतावनी



नेपाल समाचारपत्र, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कारवाही गरिने बताएका छन्। गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन्।

सम्झौता अनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए ।राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले उल्लेख गरे ।

उनले भने ‘राज्यले भनिसकेको छ, जसले सम्झौता अनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ ।’

निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्