चीनका लागि जासुस



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका एक पूर्वगुप्तचर अधिकारीलाई चीनका लागि जासुस गरेको आरोपमा सियाटलको अदालतमा उभ्याइएको छ। ५८ वर्षीय रोन रकवेल ≈यनसनलाई शनिबार चीन प्रस्थान गर्न सियाटल विमानस्थलतर्फ गइरहँदा पक्राउ गरिएको थियो। ≈यानसनले चीनलाई सूचना पठाउने प्रयास गरेको र उसको एजेन्ट बन्नका लागि करिब १ करोड डलर प्राप्त गरेको न्याय विभागले जनाएको छ। अदालतमा उनले आफ्नो गृह राज्य युटाहमा आरोपको सामना गर्न तयार रहेको बताएका थिए। ≈यानसनमाथि अन्य देशको सरकारलाई सहयोग गर्न आफ्नो देशको सेनासँग सम्बन्धित जानकारी एकत्रित गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्