बुर्कामाथि प्रतिबन्ध



कोपेनहेगन, (एजेन्सी)
डेनमार्कले पुरै अनुहार छोप्ने गरी नकाब लगाउन प्रतिबन्ध लगाएको छ। यस प्रकारको प्रतिबन्ध लगाउने युरोपेली युनियनका देशहरूमा डेनमार्क पहिलो हो। यस प्रकारको प्रतिबन्धले धेरैजसो मुसलमान महिलालाई लक्षित गरेको हुन्छ। उनीहरू नकाब अर्थात बुर्का लगाउने गर्छन्। डेनमार्कको संसद उक्त कानुन ३० को विरुद्ध ७५ मतले पारित गरेको हो। उक्त कानुन अगस्ट १ देखि कार्यान्वयमा आउने बताइएको छ। प्रतिबन्ध तोड्नेलाई १ सय ५७ अमेरिकी डलर जरिवाना तिराइनेछ। पुनः कानुन तोडेमा त्यसको १० गुणा बढी जरिवाना तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्