यौन दुव्र्यवहारको आरोपमा मोर्गनले मागे माफी



हलिउड तथा बलिउडमा कास्टिङ काउच तथा यौन शोषणजस्ता घटना आम भएको छ। ब्रुस अलमाइटी तथा ब्याटम्यान बिगिसजस्ता सुपरहिट हलिउड फिल्मका अभिनेता मार्गन फ्रिम्यानमाथि फेरि पनि यौन शोषण र उत्पीडनको आरोप लागेको छ।

सीएनएनको रिपोर्टअनुसार ८० वर्षीय मार्गनमाथि ८ महिलाले शारीरिक शोषणको आरोप लगाएका छन्। महिलाहरूको आरोप छ कि मार्गनले कामको दौरानमा गलत तरिका र मनसायले छुने तथा कपडालाई लिएर भद्दा कमेन्ट गर्ने गर्छन्। उनले १० वर्षदेखि यस्तै गरिरहेको र आफूहरूलाई असहज भएको उनीहरूले बताएका छन्। एक महिलाले आरोप लाएकी छिन् कि मार्गनले एकपटक आफूले लगाएको स्कर्ट पटकपटक माथि सारिदिन खोज्दै भित्री लुगा लगाएको छ कि छैन भनेर हैरान पारेका थिए। सीएनएनका अनुसार छेडछाडको दौरानमा एक कलाकार एलन आर्किनले उनलाई रोक्नका लागि टिप्पणी गरेकी थिइन्। त्यसपछि मार्गन बाहिर निस्केका थिए। सन् २०१३ को फिल्म नाऊ यू सी मीमा काम गर्ने एक महिलाले फ्रिम्यान नजिक भए ठूलो गलावाला टप र छोटो कपडा नलगाउन महिलाहरूलाई सल्लाह दिने गरेकोसमेत समाचारमा उल्लेख छ।

खबरअनुसार मार्गनले आफ्नो व्यवहारप्रति माफी माग्दै भनेका छन्– ‘जसले मलाई चिन्छन् या जसले मेरो साथ काम गरेका छन्, उनीहरूलाई यो कुरा थाहा छ कि म यस प्रकारको व्यक्ति होइन। मैले जानेर कसैलाई असहज हुने काम गरेको छैन’, कुनै महिलालाई असहज बनाउँ भन्ने मेरो उद्देश्य थिएन।’

प्रतिक्रिया दिनुहोस्