नेपालकै दोस्रो भद्रपुर नगरपालिका पुनः उदाउने प्रयासमा



उत्तम नेपाल, भद्रपुर ।
झापाको सूदुर पूर्वमा रहेको भारतीय सीमा क्षेत्रसँग जोडिएको नेपालकै दोस्रो पुरानो नगरपालिका भद्रपुर नगरपालिका गुमनाम भएको तीस वर्षपछि अब बिउँतिँने सम्भावना देखिएको छ । २००८ सालमा स्थापना भएपनि अन्यनगरको तुलानामा यो नगरपालिका पछि परेको थियो ।

नेपालमा गणतन्त्र स्थापना भइसकेपछि स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसको मुहार फेरिन लागेको छ । नगरपालिकाको प्रथम नगर सभाबाट पारित गरेका नीति,योजना तथा कार्यक्रममा नगरलाई १५ वर्षे गुरुयोजना निर्माण गर्दै पूर्वको व्यापारिक द्धार शान्ति र समृद्धि भद्रपुर सहरको मुख्य नारालाई लिएर जनप्रतिनिधिले नेतृत्व गरेपछि भद्रपुर बिउँतिँनेमा केही आशा पलाएर गएको छ ।

चन्द्रगढी र महेशपुर ०७१ र ०७३मा पृथीवीनगर साविकका तीन गाविस भद्रपुमा समायोजन भई बनेको बृहत्त नगरपालिका अहिले सवै क्षेत्रको चासोको विषय बनेर गएको छ । भद्रपुरलाई नेपाल लगायत वाहिर देश कलकत्ता सम्म चिनाउन सफल भएको यो नगरमा धान मिल,तार उद्योग सञ्चालन हुन नसकेर बन्द भइसकेका छन् भने केहि सिमेन्ट ,चिया उद्योग सञ्चालनमा रहेका छन् । यो क्षेत्रका उद्योगपतिहरु भविश्य खोज्दै पलायन भइरहेको अवस्थामा पुनः भद्रपुर उदाउनेमा नगरवासीहरु प्रतिक्षारत छन् ।

भद्रपुर तीन दशक यताबाट पलायन भएको उद्योगी तथा राजनीतिकर्मी राजेन्द्र घिमिरे बताउँछन् । भद्रपुरले भारतमा रहेका विहार तथा बंगालमा खाद्यन्न निर्यात गर्ने गरेको इतिहाँस छ तर, हाल आएर उल्टै आयत गरिरहेको अवस्था छर्लङ छ । नीति निर्माण गर्ने कुरामा राजनीति हुनु पर्नेमा सवै क्षेत्रमा राजनीति हाबी भएकाले यो नगरले शिर उठाउन नसकेको घिमिरे सुनाउँछन् । भद्रपुर भन्ने वित्तिकै देश वाहिर समेत पहिचान बनाएको स्मरण गर्दै यो नगरबाट कार्यथालनि गरेका नेता,विद्यार्थी, उद्योगीले अर्कै स्थानमा गएर स्थापित भएपनि यहा भने केही हुननसकेको धारणा राखे ।

अब आएका जनप्रतिनिधिले राजनीति आग्रह पुर्वाग्रह नराखी सवैसँग सहकार्य गरि सहयात्रा गरेमा भद्रपुर नेपालकै चर्चित हुन समय नलाग्ने उनको भनाई छ । नेपालको दोस्रो पुरानो तथा राजनीतिक इतिहाँस बोकेको नगरलाई हालै सरकारले घोषणा गरेको नगरको बजेट पनि उपेक्षित रहेको उनले गुनासो गरे ।

भद्रपुर भनेको नेपालकै नजिकको रेल वे स्टेसन,प्रशासनिक क्षेत्र,एयरपोर्ट,मेची पुल ,मेची अञ्चल अस्पताल, मेची क्याम्पस,मेची रङ्गशाला, किच्चक बध ,चन्द्रगढ , छोटी भन्सार जस्ता संरचना भएर पनि पछि पर्नुमा राजनीति मिसावट देखिएको उनले जनाए । भद्रपुरलाई छोएर जाने हुलाकी सडक र मेची पुल समयमानै निर्माण नभइ पूर्व– पश्चिम राजमार्ग छिटो सञ्चालनमा आएसँगै यो नगर ओझेलमा परेको उनको भनाई छ । भद्रपुरलाई हालसम्म शिक्षा, स्वास्थ्य,उद्योग लगायत कुनै ‘हब’ नबनाएका कारण पनि यो पछि परेका जनाउदै अब यस्को उचाइमा पुर्याउन सवै एक जुट हुन जरुरी रहेको उनले धारणा राखेका छन् ।

जनप्रतिनिधि आएर मात्रै भद्रपुरको मुहार नफेरिने तीन नम्बर क्षेत्रका प्रदेश सासंद ओम प्रकाश सरावगीले बताए । जनप्रतिनिधिले सवै क्षेत्रका मनिसलाई एकै ठाउमा राखेर सवैको साझा सहयोग लिएर गएमा केही सम्भावना देखिने सासंद सरावगीको भनाई छ ।

भद्रपुरको इतिहासलाइ हेर्ने हो भने १४ वटा राइस मिल,काठ मिल लगायतका कलकारखना सञ्चालनको समयमा भद्रपरुलेनै सवै क्षेत्रलाई सामाग्री पठाउने गरेको उनले स्मरण गराए । मेची पुल,र हुलाकी सडक समयमा निर्माण नभएका कारण भद्रपुर ओझेलमा परेको उनको भनाई छ ।

अहिले शुन्य अवस्थामा रहेको भद्रपुरलाई माथि उठाउन जनप्रतिनिधि सक्रिय हुनु पर्ने उनले बताए । भद्रपुरमा रहेका अधिकांस मानिस व्यापार व्यवसायको लागि अर्कै क्षेत्रमा गएर स्थापित भएका कारण भद्रपुर ओझेलमा परेको तीस वर्षदेखि भद्रपुर वस्दै आएका पंकज कुमार शर्माले बताए । पछिल्लो समय भद्रपुरमा रहेको मेची पुल निर्माण सम्पन्न भइसकेकोले अब भद्रपुरको व्यापारमा केहि अवसर देखिएको उनको भनाई छ । होटल स्थापना, व्यापार व्यवसाय,भारत र नेपालको दोहारो आवागमन हुने भएकोले केही वर्षपछि भद्रपुरले रचेको इतिहाँस नविकरण हुनेमा आफु विश्वस्त रहेको उनि बताउँछन् ।

यस्तो दुर्दशाको बेला एघार महिना अघि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिले सुधार गर्ने प्रयासमा भद्रपुरमा उपमेयरको समेत कार्यभार सम्हाली सकेका हालका मेयर जीवन कुमार श्रेष्ठले १५ वर्षे गुरु योजना बनाई पूर्वी क्षेत्रको व्यापारिक द्धार शान्ति र समृद्धिसहितको भद्रपुर शहरलाइ सफल बनाउन अघि बढेको बताएका छन् । नगरलाइ उचाइमा पुर्याउन सडक पूर्वाधार निर्माण र स्तरोन्नति,पर्यटकीय गन्तब्यहरुको उजागर,कृषि पर्यटन प्रवद्र्धन तथा व्यवसायीकरण,वातावरण संरक्षण,रोजगारीको अवस्था तथा संस्थागत क्षमतामा बृद्धि,सेवा प्रवाहमा प्रभावकारिता ,सशासनमा जोड लगायतका उद्देश्य राखी पुरानो नगरको इतिहासलाई उचाइमा पुर्याउने लक्ष रहेको श्रेष्ठको भनाई छ ।

साविक पृथीवीनगर गाविस भद्रपुर नगरपालिकामा समायोजन भएपछि सो क्षेत्रका जनतालाई घर नक्सामा ८० प्रतिशत छुट दिएको १ र २ वडा बाहेक अन्यवडालाई वैकिङ मार्फत भक्ता वितरण गरिरहेको उनले जनाए । शघन शहरी विकास कार्यक्रम अन्र्तगत वार्षिक ५० करोडको दरले चार वर्षको लागि २ सय करोडको योजना विनियोजन भइ काम शुरु भइरहेको पनि उनले जानकारी गराए । हात्ती आतकलाई मध्यनजर गरि त्यस तर्फ ध्यान केन्द्रीत गरेको समेत उनको भनाइ छ । काम गर्नलाई कर्मचारीको अभाबका कारण केही समस्या आएको उल्लेख गर्दै यस्को व्यवस्थापन सरकारले छिटो मिलाउन उनले अनुरोध गरे ।

पन्ध्र वर्षे गुरु योजना मार्फत जनप्रतिनिधि र राजनैतिक दलको आग्रह पुर्वाग्रहमा मार्फत नभई संस्थागत रुपमा विकास निर्माण गर्न आफू लागि परेको उनले बताए । नगर भित्र भू– उपयोग नीति ,फोहोर व्यवस्थापन,पर्यटकिय महत्वका क्षेत्र पहिचान ,खुल्ला दिसा मुक्त लगायतको गुरु योजना तयार पारिसकेको उनले जानकारी गराए । आउदो चैत्र मसान्त सम्ममा वालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउन अगाडि बढिरहेको उनको भनाई छ । नगर गौरवमा सत्रवटा योजना अघि सारेर राष्ट्रिय योजनामा हुलाकी सडक, मेचीपुल,मेची लोकमार्ग मेची क्याम्पस चन्द्रगढी एयरपोर्ट लिएको उनले बताए ।

गुरु योजनालाई मार्गदर्शकको रुपमा राखेर भद्रपुरमा बन्द भएका पुराना उद्योगलाई राष्ट्रिय उद्योग नीति बनाइ उद्योगीको सम्पत्ती सुरक्षा गरि उद्योगलाई पुर्नरस्थापनाका लागि छलफल गरेर अगाडि बढ्ने धारणा राखे । पुरानो नगरलाई समृद्धि बनाउनको लागि मिडिया कर्मी,राजनीतिक,व्यापारी,उद्योगी,नगरबासी सवैलाई आब्हान गर्दै एकजुट भएर अघि वढ्ने हौसला प्रदान होस भन्ने अपेक्षा राख्दै नगरलाई नमुना नगरको रुपमा विकास गरि इतिहाँस जोगाइ राख्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्