समुन्द्री आँधीको कारण ४ हजार जनाको मृत्यु



टम्प । पुएर्टो रिकोमा समुन्दी आँधीको कारण ४ हजार सय सय ४५ जनाको मृत्यु भएको छ । सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा उल्लेखित संख्याले जीवन गुमाएको हुनसक्ने अमेरिकी अनुसन्धाननकर्ताले बताएका छन् ।

पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा अनुसन्धाननकर्ताले जनाएको मृतकको संख्या ७० गुणा बढी हो । एक वर्षअघि उक्त आँधीमा सरकारले ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

अनुसन्धान विज्ञहरूले आँधीका कारण मानव बस्ती नै बिनास भएको कारण मर्ने तथा हराउनेहरुको संख्या एकीन गर्न जटिल भएको बताएका छन् ।

हावर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् आँधीको कारण २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्म ४ हजार ६ सय ४५ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ। एएफपी

प्रतिक्रिया दिनुहोस्