आज बजेट आउँदै



काठमाडौं, (नेस)
आर्थिक वर्ष २०७५÷०७६ को बजेट आज पेस हुँदै छ। अर्थमन्त्री डा. युवराज अतिवडाले संघीय संसद्मा बजेट पेस गर्नुहुनेछ।
संवैधानिक व्यवस्थाअनुरूप जेठ १५ गते वार्षिक बजेट पेस गर्नुपर्ने भएकाले आज संसद्मा बजेट प्रस्तुत हुँदै छ। समृद्ध नेपाल, सुखी नेपाली मूल नारा दिएर प्रस्तुत हुने बजेट १३ खर्बभन्दा बढी १५ खर्बभन्दा कम हुने बताइएको छ। यद्यपि बजेट सिलिङ साढे १२ खर्बको हाराहारीमा छ।

प्रतिक्रिया दिनुहोस्