फिल्ममा स्टारका सन्तानको आकर्षण, अनमोलसँग डेब्यु गर्दै झरनापुत्री सुहाना



विदुर गिरी

बलिउडमा जस्तै नेपालमा पनि स्टारका छोराछोरी फिल्ममा आउन थालेका छन्। अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी तथा अभिनेतृ तथा निर्मात्री सुष्मिता बमजनपुत्र अनमोल केसी जो अहिले आपैंmमा स्टारपुत्र भएका छन् र फिल्ममा उनको व्यस्तता बढ्दै छ।

अभिनेतृ तथा निर्मात्री मौसमी मल्लपुत्र विवेक मल्ललाई फिल्ममा देखिए पनि सफल हुन सकेनन् भने अभिनेता सन्तोष पन्तपुत्र नितेषराज पन्त, मदनदास श्रेष्ठ पुत्र रेमणदास श्रेष्ठ जम्न सकेनन्। हास्य अभिनेता गोपालराज मैनालीपुत्री सज्जा मैनाली आफ्नो समयमा चले पनि पछि पलायन हुन पुगिन् भने निर्देशक नारायण पुरीपुत्र संयम पुरी, शोभित बस्नेतपुत्र सलोन बस्नेत, बद्री अधिकारीपुत्री केकी अधिकारी, अभिनेता टीका पहाडीपुत्र गौरव पहाडीले सफलताको स्वाद चाखिरहेका छन्।

नायक शिव श्रेष्ठका पुत्र शक्ति श्रेष्ठ उनकै पिताको निर्माणाधीन फिल्म एउटा यस्तो प्रेमकहानीबाट डेब्यु गर्दै छन्। शिवले अभिनेता तथा निर्माता विनोद मानन्धर र अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरपुत्री कविता मानन्धरलाई पनि आफ्नो फिल्मबाट डेब्यु गराउँदै छन्। विनोद र करिश्माले आफ्नै फिल्मबाट कवितालाई डेब्यु गराउनेबारे सोचिरहेकै बेला शिवले एक कदमअगाडि बढेर उनलाई डेब्यु गराउन लागेका हुन्।


यसैबीच निर्माता सुनिलकुमार थापा र नायिका झरना थापा दम्पतीले आफ्नी एकमात्र सन्तान सुहाना थापालाई नायिकाका रूपमा डेब्यु गराउने भएका छन्। थापा दम्पतीले अनमोल केसीलाई महंगो पारिश्रमिकमा अनुबन्धित गर्दै आगामी प्रोजेक्ट ए मेरो हजुर ३ मा उनको जोडीका रूपमा आफ्नी छोरी सुहानालाई डेब्यु गराउन लागेका हुन्।

सुहाना अमेरिकामा ब्याचलर्स गर्दैछिन्। भारतको दिल्लीबाट प्लस टु गरेकी सुहाना अमेरिका पुगेर बिजनेसमा ब्याचलर्स गर्दैै थिइन्। फिल्म पनि पढ्दै छिन्। निर्माता सुनिलकुमार थापाका अनुसार सुहानालाई बाबुआमा दुवै फिल्म क्षेत्रमा हुनुका बाबजुद केही वर्षअगाडिसम्म पनि फिल्मप्रति कुनै रूचि थिएन। झरनाले निर्देशनमा डेब्यु गरेको ए मेरो हजुर–२ बाट उनले फिल्मप्रति रूचि देखाएकी हुन्।

‘उसलाई पहिला फिल्ममा इन्टे«स्ट थिएन। ए मेरो हजुर–२ निर्माण गर्दा हामीले उसलाई सँगै लिएर हिँड्यांै। त्यसमा उसको सिनियर सलिनमान बनिया, साम्राज्ञी राज्यलक्ष्मी शाहको काम गर्ने तौरकरिका देखिपछि बल्ल इन्ट्रेस्ट देखाई। फिल्म खेल्ने त? भन्दा खेल्ने भनेपछि उसलाई डेब्यु गराउँदैछौं’ –निर्माता थापाले भने। भदौ अन्तिम साता सुटिङ फ्लोरमा जाने ए मेरो हजुर–३ का लागि सुहाना साउन पहिलो साता काठमाडौं आउँदैछिन्।

उनी नृत्यमा पोख्त छिन्। यो फिल्म झरनाले नै निर्देशन गर्दैछिन्। तर ए मेरो हजुर–२ का अनुहार यसमा देखिने छैनन्। हाललाई अनमोललाई मात्र अनुबन्धित गरिएको छ भने अन्य कलाकार चयन गर्न बाँकी रहेको सुनिलले बताए। हाल हरिहर अधिकारीलगायतको समूहबाट स्क्रिप्ट लेखन कार्य भइरहेको छ।

अनमोल भटाभट साइन गर्दै
छनोटका र थोरै मात्र फिल्म खेल्दै आएका चकलेटी हिरो अनमोल केसीले अचानक भटाभट फिल्म साइन गर्न थालेका छन्।

सुहानालाई बाबुआमा दुवै यही क्षेत्रमा हुनुका बाबजुद फिल्मप्रति कुनै रूचि थिएन। ए मेरो हजुर–२ को सुटिङमा हिँडेपछि भने उनी फिल्मप्रति आकृष्ट भएकी हुन्।

होम प्रोजेक्टको फिल्म क्याप्टेनको सुटिङ गरिरहेका अनमोलले सुनिलकुमार थापा र झरना थापा दम्पतीको फिल्म ए मेरो हजुर–३ साइन गरेलगत्तै अर्को फिल्ममा पनि साइन गरेका छन्।

उनले सुदीप खड्काको निर्माण र मिलन चाम्सको निर्देशनमा बन्ने नाम पक्का भइनसकेको नयाँ फिल्ममा खेल्ने गरी साइन गरेका हुन्। क्याप्टेनको दोस्रो चरणको सुटिङका लागि सोमबारमात्र जोमसोमतिर लागेका अनमोलले यो फिल्मको काम सकिएपछि ए मेरो हजुर–३ ज्वाइन गर्नेछन्। त्यसपछि मात्र मिलनको फिल्म सुटिङमा सहभागी हुनेछन्।

क्याप्टेन भदौ २९ गते रिलिज हुनेछ भने ए मेरो हजुर भदौमा सुटिङमा भए पनि आगामी वैशाख १ मा मात्र रिलिज हुनेछ। त्यसअघि मिलनको फिल्म फागुन १७ मा रिलिज हुनेछ। रिलिज सेड्युलसमेत मिलाएपछि अनमोलले घरबाहिरका २ फिल्म खेल्न साइन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्