कुपोषित वालवालिकालाई पोषण सामाग्री बितरण



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको भुमे गाँउपालिकाका ५७ कुपोषित बालबालिकालाई पोषण सामाग्री प्रदान गरिएको छ ।

टिडिएस,बिएमजेड जर्मनीको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमबाट भुमे गाउँपालीका वडा नं ३ (साविकको मोरावाङ गा.वि.स.) मा संचालन भैरहेको खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयका विपन्न १०० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्कुलब्याग, कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु तथा स्वास्थ्य चौकि मोरावाङ्घको रेकर्डमा उमेरका आधारमा तौल नपुगेका आर्थिक स्थिती न्युन रहेका ५ वर्ष मुनिका कुपोषित ५७ जना बालबालिकाहरुलाई पौष्टिक सामाग्रीहरु हरलिक्स, सर्वोत्तम पिठो, प्रोटिन प्याकेट लगायतका पौष्टिक सामाग्रीहरु प्रदान गरिएको हो ।

भुमे गाउपालिका अध्यक्ष रामसुर बुढा, उपाध्यक्ष मनकुमारी विष्ट र रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली वाट संयूक्त रुपमा वितरण गर्नुभएको हो । उक्त कार्यक्रममा, विद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरु,४ वटै विद्यालयका प्रधानाध्यापकहरु, स्रोत व्यक्ति, संस्थाका उपाध्यक्ष शोभाकर शर्मा, सदस्य प्रकाश नेपाली, स्वास्थ्यच ौकि मोरावाङ्घका प्रतिनिधिको उपस्थिती थियो ।

उक्त कार्यक्रममा वोल्दै गाँउपालिका अध्यक्ष रामसुर बुढाले परियोजनाले मोरावाङका समुदाय स्तरमा कृषि शिक्षा,स्वास्थ्य,वन,पूर्वाधार विकास, वाल अधिकार संरक्षण तथा प्रवर्धन, सहकारी तथा संकलन केन्द्र यूवाहरुका लागी उद्यम शिलता तालीमहरु लगायतका क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो । समग्र कार्यक्रमको बारेमा कार्यक्रम संयोजक उत्तम अर्यालले जानकारी गराउनुभएको थियो ।

मुसिकोटमा पनि शैक्षिक सामाग्री बितरण

यसै गरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ स्थित कल्याण माध्यामिक बिद्यालय अध्ययनरत कक्षा ८ की छात्रा बैसणबी शेर्पाली र राष्ट्रिय आधारभुत बिद्यालय जमारुमा अध्ययनरत कक्षा २ का पिताराम घर्तीलाई शैक्षिक सामाग्री र कपडा प्रदान गरिएको छ । रुकुमेली समाज विकास केन्द्रको सहयोगमा मुसिकोट नगरपालिका १२ का वडा अध्यक्ष प्रेमबहादुर ओलीले ति वालवालिकालाई हस्तानतरण गर्नुभएको हो । एक कार्यक्रमको आयोजनामा उनीहरुलाई शैक्षिक सामाग्री र पोषाक बितरण गरिएको थियो ।

गरिव तथा बिपन्न परिवारका ति वालवालिकालाई सहयोग गरिदिन आग्रह गरेपछि रुकुमेली समाज विकास केन्द्रले सहयोग गरेको वडा अध्यक्ष ओलीले बताउनुभयो ।

यसै गरी दिगो स्वास्थ्य तथा स्वच्छता प्रर्बद्धन कार्यक्रम अन्र्तगत मुसिकोट नगरपालिका १२ का जनकल्याण मावि काँशपोखरीमा दुई वटा डस्वीन, राष्ट्रिय आधारभुत बिद्यालय जमारुमा १ वटा र वालविकास आधारभुत बिद्यालय डाँडागाँउमा १ वटा डस्वीन प्रदान गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्