ड्राइभर पक्राउ



पोर्टल्यान्ड, (एजेन्सी)
एकजना ड्राइभरले अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डको सडकमा तीनजना महिलालाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ । शुक्रबार राति भएको सो घटनामा दुईजना महिला गम्भीर घाइते भएका थिए । घटना घटेको घण्टौं पछि प्रहरीे ती नाम नखुलाइएका ड्राइभरलाई पक्राउ गर्न सफल भएको थियो । पोर्टल्यान्ड प्रहरी अधिकारी पेटे सिम्पसनले पोर्टल्यान्ड स्टेट युनिभर्सिटी क्याम्पस नजिक भएको सो घटनाका दोषी व्यक्ति कुनै नशामा रहेको वा उनको मानसिक स्थिति नै गडबड भएको भन्नेबारे यकिन भइनसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्