प्रदेश नम्बर ५ को सरकारद्धारा गणन्त्रत दिवसमा सार्वजनिक विदा घोषणा



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को सरकारले गणन्त्रत दिवस भव्य रुपमा मनाउन भनेर प्रदेशका १२ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गणतन्त्र दिवस २०७५लाई भव्यताका साथ मनाउने गरी प्रदेश सरकार प्रदेश नम्बर ५ ले यही जेठ १५ गते मंगलवारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको आईतवार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेम प्रसाद भट्रराईले बताउनु भयो ।

त्यसै गरि प्रदेश न्मबर ५ को सरकारले गणन्त्रत दिवसको अवसरमा विभिन्न कार्यक्रक गरी मनाउने निर्णय समेत गरेको पत्रकर सम्मेलनमा जानकारी गराईएको छ । गणन्त्रतदिवस मनाउन प्रदेस ५ को सरकारले मुख्य मन्त्री शंकर प्रसाद पाखरेलको अध्यक्षतामा २ सय ५१ सदस्यीय गणन्त्रत मुल समारोह समिति गठन गरेको छ ।

गणन्त्रतदिवसको अवसरमा जेठ १४ गते रुपन्देहीको मर्चवारमा सामाजिक मनलयको संयोजनमा स्वाथ्य शिविर, १५ गते बुटवलको बसपार्कवाट गणन्त्रत पार्कसम्म प्रभात फेरी १५ गते साझँ बुटवलउपमहानगरपालिका र सिद्धार्थ नगरपालिका द्धारा विहेष दिपावली गर्ने, १२ वटै जिल्लामा सरसफाई गर्ने १२ वटै जिल्लामा सम्बन्धीत प्रमुख जिलला अधिकारीको समन्वयमा रक्तदान गर्ने , वद्धआश्रम, अस्पताल कारागारमा फलफूल वितरण गर्ने, १६ गते गते मैत्री पूर्ण भलिवल प्रतियोगिता संचालन गर्ने कार्यक्रम रहेका छन ।

मैत्री पूर्ण भलिवल प्रतियोगितामा प्रदेस ५ का मुखय मन्त्रीको टिम र प्रदेस ५ का मुख्य सचिवको टिम विच प्रहरी तालिम केन्द्र बुटवलमा प्रतियोगिता आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्