केन्पो खुकुरी मार्सल आर्टस गठन



 

बनेपा । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप ढकाल र राजेश थिङ चयन हुनुभएको छ ।

सभा शुभारम्भ गर्दै पूर्वमन्त्री एवं प्रदेश नं ३ का सांसद राजेन्द्र पाण्डेले खेल स्वस्थ जीवन र राष्ट्रको पहिचान भएकाले यसको जगेर्ना र प्रवद्र्धनको आवश्यकता रहेको बताउनुभयो ।
अर्का प्रदेश सांसद वसुन्धरा हुमागार्इंले प्रदेश सरकार खेलप्रति सकारात्मक रहेकाले मार्सल आर्टस्को प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले केन्द्रीय संघ गाउँ, नगर, जिल्ला हुँदै प्रदेशस्तरमा संघ गठन भइरहेको र केही समयभित्र नेपालमा २५ देशका खुकुरी मार्सल आर्टस्का प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभयोे ।

रासस

प्रतिक्रिया दिनुहोस्