सरकारको सफलता



गाउँघरमा गुपचुपका साथ ‘गोहोरो’ पक्रिइन्छ अनि मिसन पुरा हुन्छ। यता सहरमा सुनकाण्डसँग जोडिएका ‘गोरे’ नाम गरेका व्यक्ति पक्रिँदा चर्चा व्यापक छ। तर मिसन पूरा हुनेमा आशंका छ, मिसन तुहिन वेर छैन। सबै आमसञ्चार माध्यम गोरेमय बनेका छन्।
मंगलबार सार्वजिक भएका गोरेले आफू भरिया मात्रै भएको, आफू भन्दा माथिको कनेक्सन रहेको बताएपछि ‘गोरे मिसन’ २÷४ दिनमै तुहिन सक्ने धरहराको आशंका छ। गोरेसँग जोडिएको लहरोतान्दा ठूला घरनाको पहरो बज्रिने संभावना उच्च छ, त्यसमा ‘नो डाउट’। जसोजसो ‘माथिको निर्देशन उसै उसै अनुसन्धान हुनेमा कुनै दुविधा छैन।

जे होस ढिलै भए पनि ३३ केजी सुन कान्डका मुख्य नायक मानिएका गोरे पक्राउ परे। प्रहरी नियन्त्रणमा रहेका उनलाई मंगलबार गृह मन्त्रालयमा सार्वजनिक गरियो। मन्त्रालयमा यस अघि कसैलाई मखुण्डो

सहित सार्वजनिक गरेको धरहरालाई याद छैन। यसबाट थाहा हुन्छ गोरेको हाई लेभल कनेक्सन। उनलाई कसो मन्त्री परिषद्का सबै सदस्य माझ सार्वजनिक गरिएन।
यससँगै सरकारले ठूलो उपलब्धी हासिल ग¥या छ। सरकारको आलोचना गर्नेहरूलाई ठूलो जवाफ मिल्या छ। सरकारले छोटो अवधिमा हासिल गरेका धेरै सफलतामध्ये यो विषय निकै ‘हाइलाइट’ हुनेमा कुनै दुविधा छैन।

प्रतिक्रिया दिनुहोस्