पूर्वप्रधानमन्त्रीहरुसँग मोदीको सामूहिक भेटपछि अरुण तेस्रोको संयुक्त शिलान्यास



काठमाडौं । प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका गरेपछि अरुण तेस्रोको संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लाएक्लै वार्ता गरेपछि ओलीसहित मोदीले पूर्वप्रधानमन्त्रीहरुसँग भेट गरेका थिए ।

भेटमा पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ुप्रचण्डु, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपालको सहभागिता थियो।

मोदी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर करिब ७ बजे सोझै द्वारिकाज गएका थिए।

प्रतिक्रिया दिनुहोस्