ओली र मोदीको कपडाको रंग उस्तै



काठमाडौं । दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले जनकपुरमा छन्  । प्रधानमन्त्री केपी ओली र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पहेँलो रंगका कपडा लगाएर जनकपुरमा देखिए । मन्दिर परिसरमा ओलीले मोदीलाई स्वागत गरेका थिए ।

सधै दौरा सुरुवाल र कोटमा देखिने ओली शुक्रबार भने मोदीलाई स्वागत गर्न उनकै शैली र रंगका कपडा लगाएर देखिए । रामायण सर्किट उद्घाटन गर्ने बेला पनि मोदीले ओलीलाई मेरे बडे भाइ भनेर सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्