‘मेरे भाइसाब’ भन्दै ओलीलाई मोदीले के भने ?



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर पाएको स्वागतका लागि आभार व्यक्त गरेका छन् । जानकी मन्दिर परिषरमा रामायण सर्किटको उद्घाटन कार्यक्रममा मोदीले समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जनकपुर मन्दिरको पौराणिकताका बारेमा जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीबाट जनकपुरको पवित्र भूमिमा आएर अनेक सामाजिक सम्बन्धहरूलाई प्रतिविम्बित गरेको बताए । ओलीले नेपाल र भारतबीच ‘जनकपुर–अयोध्या’ बस सेवाको आरम्भ भएको ओलीले बताए । अर्थात रामायण सर्किट सुरु गरेको ओलीले बताए । दुबै प्रधानमन्त्रीले हरियो झण्डाले संकेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्