आन फुटसलको लिग चरण समाप्त



काठमाडौं, (नेस) सानेपाको फिल्ड फुटसलमा भइरहेको नेपाल आईस आन फुटसल टुर्नामेन्टअन्तर्गत बिहीबार चौथो दिन लिग चरण समाप्त भएको छ।

जसमा समूह ‘जी’ बाट कान्तिपुर मिडिया गु्रप र आउटरिच नेपाल क्रमशः विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगे।

त्यस्तै समूह ‘एच’ बाट मिडिया हब बिजेता र एएनएस क्रिएसन उपबिजेता रहेका थिए। आज हुने अन्तिम १६ को खेलमा डिएल फ्ल्मिस, कि एडभरटाइजिङ, ईमेज टिभी, मिडिया बास्केट, न्युज ट्वान्टिफोर, क्युएफएक्स, मार्स, फ्युचर हब, एडिफयाक्टर, प्रिज्मा एडभरटाइजिङ, एडिरिलिज, बेलकम एडभरटाइजिङ, कान्तिपुर मिडिया ग्रुप, एएनएस क्रिएसन, मिडिया हब, आउटरिच नेपाल सहभागी हुनेछन्।

शुक्रबार नै क्वार्टरफाइनलका खेलहरु पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्