बाँध भत्कियो



नैरोबी, (एजेन्सी)
भीषण वर्षाका कारण केन्या एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको ज्यान जानुका साथै थुप्रै घर र खेत बगाएको बिहीबार प्रहरीले जनाएको छ। अघिल्लो दिन राजधानी नैरोबीदेखि १ सय ९० किमि उत्तर–पश्मिमा पर्ने सोलाइ शहरनजिक यो दुर्घटना भएको हो। मर्नेमध्ये अधिकांश बालबालिका तथा महिला रहेको र तिनीहरू हिलोमा फसेको सञ्चार माध्यमले जनाएको छ। केन्यन रेडक्रसले अहिलेसम्म करिब ४० जनालाई उद्धार गरिएको बताएको छ। यस घटनाको कारण २ हजार व्यक्ति घरबारविहीन भएका छन्।

प्रतिक्रिया दिनुहोस्