भारी हिमपातका कारण मोदीको मुस्ताङ भ्रमण प्रभावीत हुने संकेत



नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणको पूर्वसन्ध्यामा बुधबार रातिदेखि बेमौसमी हिमपात भइरहेको छ। साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो।

करिब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण त्यहाँको जनजिवन प्रभावित बनेको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित पनि प्रभावित भएको त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन्। हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ।

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन्। तर, हिमपात र मौसम खरावीका कारण मोदीको भ्रमणमा केहि कठिनाई उत्पन्न हुने संकेत देखिएको मुस्ताङ प्रहरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्