ढलनिकासमा पोखरा महानगर कमजोरः निकास नभए भासिने खतर !



विजय नेपाली, पोखरा ।

‘पोखरा भासिनु नौलो कुरा होइन, यस्तो त वर्षेनी चलिरहन्छ’ पोखरा चिप्लेढुङ्गाको सडकको बिच भागमा भासिएपछी स्थानीयहरु कुरा गर्दै बसेका थिए ।

उता महानगरले बजेट सार्वजनिक गर्दा ढल निकासलाई कुनै बजेट छुट्टयाइएको पाइएन ।

‘पोखरामा सडकको मात्र स्तरोन्नति गरेर हुदैन, ढलको बारेमा सनेत चिन्तन गर्न पर्ने देखिन्छ’ गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले भन्नुभयो ।

‘पोखराको धेरै जसो क्षेत्रमा खहरे खोला जसरी सडकमै ढल बग्ने गर्छ, अब महानगरले बैज्ञानिक रुपले योजना बनाउन आवश्यक छ, पुरानै शैलीको ढल अब काम लाग्दैन, यस्ले पोखरालाइ कुरुप बनाउने काम गरेको छ’ गण्डकी प्रदेश अर्थ मन्त्री गुरुङले भन्नुभयो ।

पोखरालाइ पर्यटकीय राजधानी बनाउन प्रदेश सरकारपनि सकार्य गर्न तयार रहेको बताउदै पोखराको ढल व्यवस्थापनको लागि महानगरलाइ प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

केहि दिन अघि मात्र चिप्लेढुङ्गा नजिकैको सडक भासिएको थियो । हरेक वर्ष पोखराका जमिन भासिने क्रमम तिव्रता आएको पाइन्छ । वर्खा शुरुभए सङै यस्तो प्रकोप बढ्ने गर्छ । पोखरामा बन्दै गएको संरचनाको कारणले गर्दा प्रकोप बढ्दै गएको बिज्ञहरु बताउनुहुन्छ ।

बिज्ञहरुको अनुसार पोखरामा बन्ने भौतिक संरचनाको कारण पोखरामा ढल निकासी नहुदा पोखरा भासिने खतरा बढ्दै गएको छ ।

पोखराको लामाचौर,बाटुलेचौर देखि छोरेपाटन सम्मको बस्ती विकासको कारण उचित ढल निकासा नहुदा सडक तथा बाटोमा खोला नै बग्ने किसिमको ढल बगेको हुन्छ । यसो त पोखराम पछिल्लो वर्षहरुमा ढलले बगाएर मानवीय क्षति समेत भएको पाइन्छ ।

तर महानगरले पुर्वाधार विकास गरेपनी उचित ढल निकासा भने गर्न सकेको देखिदैन । केही समय अघि पोखरामा परेको पानीले सडक नै ताल बनाए पछि कायक चलाउन समेत भ्याए पोखरेलीहरुले ।

पोखरा महानगरले मानवीय संरचना निर्माण गर्न स्वीकृत दिने गरेपनी आवश्यक अनुगमन भने नगरेको भुगोल बिज्ञहरुको दाबी छ ।
‘घरहरु बढ्दै जादा समवेदनशील क्षेत्रमा जोखिम बढेको छ, पोखराको बस्ती विकासले जोखिम बढेसङ्गै मुख्य बजारहरु भासिने डर उत्तिकै छ’ पृथ्वीनारायण क्याम्पसका पुर्व प्राध्यापक तथा भुगोलविद कृष्ण केसिले भन्नुभयो ।

अबको केही वर्षमा पोखरा डुबानमा पर्ने अवस्था देखिएको छ, बलेनी पानी देखि घरबाट निस्कने पानीहरुको सुरक्षित विसर्जन गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।

उचित ढल निकासी नहुदा बाटोमा पानी जम्ने गरेको र सोही ठाउबाट भित्र पस्दा कमजोर भइ साना साना भूक्षय हुदै आएको बताउदै मानव निर्मित संरचना नियन्त्रण गर्नुपर्ने बताउनुभयो । महानगरले भुगर्भ अनुसार नक्सा नदिइ जोखिम नियन्त्रणको लागि पुर्व सावधानी नअपनाएको आरोप उहाँले लगाउनुभयो ।

पोखराको बाटुलेचौर,लामाचौर, नदिपुर, महेन्द्रपुल पृथ्वी चोक,विरौटा छोरेपाटन देखि लेकसाइड सम्म जोखिम रहेको छ । यसको लागि संवेदनशील भई पुर्णरुपले लाग्नु पर्ने देखिन्छ ।

महानगरको संरचना अनुसार पोखराका ढल तथा नालिको निकास प्क्नि निकै सानो हुनाले बजारका नालि तथा ढल पुरिएर सडक तथा फुथपाथनै पानीले भरिने गरेको छ । महानगरकि बढ्दो अव्यवस्थित विकासको कारण सडक तथा बाटो जलमग्न हुनुका साथै जमिन भासिने क्रम समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्