गाउँपालीकाद्धारा विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान



सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरि गाउँपालिकाले प्रत्येक बिधालयलाई प्राथमिक स्वास्थ्य उपचार सामाग्री प्रदान गरेको छ ।

गाउँपालिका भित्रका ४० वटा बिधालयमा विभिन्न उपचार सामाग्री राखेर एक एक थान उपचार सामाग्री बाकस र स्टेचर बितरण गरिएको हो ।

उपचार सामाग्री बाकस भित्र बिधालयका छात्रछात्रा हरुलाई अध्ययन गरिरहेको समयमा स्वास्थ्यमा केही समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्नको निम्ति आबश्यक पर्ने सामाग्री तथा औषधिहरु राखिएको गाउँपालिकाले जनाएको छ ।

बिधालयको समयमा कक्षा कोठा तथा बिधालय परिसरमै बिद्यार्थीहरुलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बिधालयलाई प्राथमिक स्वास्थ्य उपचारका सामाग्रीहरु उपलब्ध बनाएको गाउँ स्वास्थ्य प्रमुख अम्बर शर्माले बताउनु भएको छ ।

गाउँपालिका भित्रका सम्पुर्ण बिधालयका प्रधानाध्यापक हरुलाई बाकस भित्र राखिएका सामाग्रीहरुको प्रयोग गर्ने तरिका सिकाएर स्वास्थ्य सामाग्री सहितको बाकस र स्टेचर उपलब्ध बनाएको उहाँले बताउनु भयो ।

गाउँपालिकाले ५ लाखको बजेटमा प्राथमिक स्वास्थ्य उपचार सामाग्री,बाकस र स्टेचर खरिद गरेको हो । गाउँपालिकाको वडा नम्बर ४ स्थित जयचौर माबीबाट सोमबार वडा अध्यक्ष नेबबहादुर खड्काले सामाग्री दिएर बितरणको सुरुवात गरेका हो ।
गाउँपालिकाले उपलब्ध बनाएको सामाग्रीले बिधालयमा अध्ययनरत बिद्यार्थीहरु बिधालय समयमा बिरामी भएपछी उपचार गर्न सजिलो हुने प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताउनु भएको छ ।

यस्तै गाउँपालिका कार्यालयले छात्राहरुको लागी १ हजार सेनेटरी प्याड बितरण गरेको छ । गाउँपालिका भित्रका २ वटा माबीहरुमा पाँचपाँच सयका दरले गाउँपालिकाको आफ्नै बजेटबाट सेनेटरी प्याड बितरण गरिएको हो ।

कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई मध्यनजर गर्दै माबी जयचौर र पोखरीडाडामा प्याड उपलब्ध गराएको गाउँ स्वास्थ्य शाखा प्रमुख अम्बर शर्माले जानकारी दिनुभयो ।

किशोरी महिनावारी सरसफाइ कार्यक्रम अन्तरगत प्याड बितरण गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्