गलबन्दी च्यातीयो गीत विवादः प्रकाश सपुत र शम्भु राईबीच सहमति



काठमाडौँ , गीत चोरीको विषयमा गायक शम्भू राई र प्रकाश सपूतबीच देखिएको विवाद टुंगिएको छ ।

‘गलबन्दी’ बोलको गीतमा संगीत सिर्जना राईको नाम समावेश गर्ने विषयमा बुधबार गायकद्वयबीच सहमति भएको हो ।

पछिल्लो समय गायक सपूतले बजारमा ल्याएको ‘गलबन्दी च्यातियो’ बोलको गीत राईको ‘देउसी भैलो’ एल्बमको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ सँग मिलेपछि विवाद चर्किएको थियो। दुई गायकको विवादले सामाजिक सञ्जालका साथै संसद्‌मा समेत चर्चा चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्