सशस्त्र प्रहरीको लेखा स्टोरमा आगलागी काण्डः घटनाका मुख्य मतियार एसएसपी नै कर्तुत ढाकछोपमा लागे



नेपाल समाचारपत्र, काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रिय लेखा स्टोरमा २०७५ पुष महिनामा भएको आगलागी थप रहस्यमय बन्दै गएको छ ।

तत्कालीन आर्थिक प्रशासन प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अभि कुमार खत्रीमाथी गम्भिर रुपमा छानबिन हुन नसक्दा रहस्यमय आगलागीको छिनोफानो हुन नसकेको हो ।

मध्यरातमा पेट्रोल छर्केर आगो लगाउने कार्यमा तल्ला तहका कर्मचारी माथी अनुसन्धान भए पनि खत्रीलाइ बचाउन एक एआइजी नै सकृय भएर लागेको श्रोत बताउँछ ।

घटना भएको लामो समय बित्दा समेत महासाखा सम्हालेका खत्रीमाथी किन अनुसन्धान भएन भन्ने सबाल उठ्न थालेको छ ।

अझ उदेक लाग्दो त यो छ कि के एउटा तल्लो दर्जाको ब्यक्तिले माथिको आदेश बिना त्यो काम गर्न सक्छ ? त्यसो हो भने एसएसपी अभि खत्री यसका दोषी हुन् कि होइनन ?

उनकै आदेशमा यो काम भएको तल्ला तहका कर्मचारीले बयान दिएको अबस्थामा खत्रीलार्इ जोगाउन स्वयम एआइजी नै लाग्नु संगठनका लागी घातक हुन जान्छ ।

अझ डरलाग्दो कुरा के छ भने तत्कालीन आइजिपि कोषराज पन्तको कर्तुत ढाकछोप गर्न सुनियोजित ढंगले गराइएको घटनामा तत्कालीन आइजिपी सिंह बहादुर श्रेष्ठ समेत मौन बसे ।

अहिले उनै एसएसपी खत्री संगठन बिरुद्द भ्रामक र कपोकल्पित प्रचारबाजिमा लागेका छन् । कर्तुत ढाकछोपमा लागेर आगोलागिका मुख्य मतियार बनेका उनलै कपोकल्पित रुममा संगठनमा आर्थिक अनियमितता भएको भन्दै आफैं लिखित सामाग्री तयार गरेर मिडिया भेट्न हिडिरहेका छन् ।

प्राप्त प्रमाण अनुसार सो झुठको खेती गर्न अनियमितता भएको भन्दै प्रचार गर्ने कार्यमा टिका लगाएर लेखा तालिम गर्न पाएका डिएसपी होम ज्ञवाली, दयाराम शर्मा लगायतले साथ दिएका छन् । टिका लगाएर तत्कालीन आइजिपी कोषराज वन्तले तिन महिना लेखा तालिम गराएकाहरु अहिले ब्याच नै टपेर बढुवा हुन नपाए पछिको छट्पटी देखाउंदै छन् ।

होम ज्ञवाली दयारम शर्मा लगायतका सोही तिन महिने तालिममा टेकेर एसपी हुने दाउमा थिए । जबकी दुई ब्याचका जम्मा ३७ जना मात्र एसपी भएका छ्न् यस्तो अबस्थामा तिन ब्याचका ज्ञवाली र चार ब्याचका शर्मा एसपी भए संगठनको चेन अफ कमान्ड ध्वस्त हुनेमा शंका छैन ।

त्यही चोर बाटोबाट डिएसपी हुने कतिपय जुनियर इन्स्पेक्टरले पनि सपना देखेका थिए त्यो पुरा नहुने भएपछि संगठन बिरुद्ध अभि खत्रीको नेतृत्वमा यिनै आसेपासेको डिजाइनमा अनर्गल प्रचार भएको प्रमाण फेला परेको छ । प्राप्त कागजमा आर्थिक अनियमितता भएको ७ बुंदे कपोकल्पित कुरा उल्लेख छ ।

सो कागज मिडिया हाउस हरुमा बांड्दै हिंडिएको एक प्रती हामिले पनि प्राप्त गर्यौं तर त्यो हेर्दा हास्यास्पद र कपोकल्पित कुराको पुलिन्दा मात्र रहेको बुझ्न गार्हो छैन । त्यसैले पनि यसका प्रमुख पात्र खत्री माथी गम्भिर अनुसन्धान हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्