गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीको लक



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सडकमा पार्किङ गरेरा राखिएको गृह मन्त्रालयको गाडीमा लक लगाएका छन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका बेला बा २ झ ४३८८ नम्बर प्लेटको गाडीमा लक लगाइएको हो ।

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा गाडी राखिएको थियो । ट्राफिक प्रहरीले यो गाडी गृह प्रवक्ताको भएको बताएको थियो तर, मन्त्रालयका अधिकारीहरूले भने यो गाडी उनको नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्