भारतको धौलीगंगा बाँध खोलिने, सतर्क रहन आग्रह



विनोद सिंह विष्ट, बैतडी ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध शनिवार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतवाट प्राप्त पत्रअनुसार असार १३ गते राती १२ बजेदेखि साउन १४ गते बेलुका साढे ६ बजेसम्म सिफ्ट फ्लशिंग सरसफाईको कार्य हुने भएकोले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात महाकाली नदी पानीको सतह बढी हुने भएकोले तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रसासन कार्यालयले एक सुचना समेत प्रकासन गरेको छ ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएकोले भएपनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभएको छ ।

परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

२८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्