‘नेपालको जलविद्युत्को लागि भारतीय ऊर्जा बजार खुल्ला’



नेपाल समाचारपत्र, काठमाडौं
भारतले नेपालको जलविद्युत्प्रति चासो देखाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले जनाएको छ। इप्पानको प्रतिनिधिमण्डलले हालै गरेको भारत भ्रमणका क्रममा भारतले यस्तो चासो देखाएको हो।
नेपालको जलविद्युत्को लागि भारतीय ऊर्जा बजार खुल्ला रहेको छलफलका क्रममा आएको भन्दै भारतको विद्युत् मन्त्रालयले संशोधन गरी जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार २०१८ सम्बन्धी निर्देशिका, भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी नियमावली लगायतका नीतिगत व्यवस्थाले भारत छिमेकी राष्ट्रबाट विद्युत् आयात निर्यात तथा भारत हुँदै तेस्रो मुलुकमा विद्युत् आदानप्रदान गर्न तत्पर रहेको इप्पानको ठम्याइ छ।
इप्पानका अनुसार नेपालमा रहेको जलविद्युत् उपयोग गरी भारतको ग्रिडमा स्थिरता कायम गर्न र विद्युत्को माग व्यवस्थापन गर्न भारत इच्छुक देखिएको छ। भारतीय ग्रिडमा उत्पादन मिश्रणमा जलविद्युत्ले जम्मा १४ प्रतिशत तर अन्य नवीकरणीय ऊर्जाले २२ प्रतिशत ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्