ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड



नेपाल समाचारपत्र, ललितपुर
लितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपियाँ विनियोजित गरेको छ। महानगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभामा आउँदो आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै सो बजेट प्रस्तावित गरेको हो।

विनियोजित बजेटमध्ये पूर्वाधार विकासमा १ अर्ब ६८ करोड ४८ लाख रहेको छ। सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शीता, र जवाफदेहीता, रोजगारमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माण, पर्यटन विकासको माध्यमबाट आर्थिक वृद्धि, वातावरणमैत्री स्थानीय शासन व्यवस्थालगायत १६ वटा क्षेत्रलाई बजेटको प्रँथमिकतामा राखिएको कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो। सर्वसाधारणसँग सरोकार राख्ने कार्यक्रममध्ये पाटन सम्पदा क्षेत्रमा मोटरसाइकल समेतलाई निषेधित क्ष्ँेत्र घोषणा गर्ने, नगर क्ष्ँेत्रमा विद्युतीय गाडीलाई प्रँथमिकता दिई पर्यटकीय क्ष्ँेत्रमा विद्युतीय गाडी सञ्चालनमा ल्याउने प्रयास गरिने कार्यक्रममा भनिएको छ।

त्यसैगरी नेपाल विद्युत प्रँधिकरण, नेपाल टेलिकम, दूरसञ्चार प्रँधिकरणको समन्वयमा महानगरपालिकाभित्रका ऐतिहासिक, पुरात्तात्विक र पर्यटकीय स्थलहरूमा अव्यवस्थित र अशोभनीय तार हटाउने पनि कार्यक्रममा भनिएको छ।

प्रमुख महर्जनले पर्यटन शुल्कबाट उठेको रकम सम्पदा, संस्कृति र पर्यटन विकासमा खर्च गर्ने नीति, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, पुरातात्विक सम्पदाको जानकारीमूलक सूचना पाटी प्रकाशित गरिने, सम्पदाको अभिलेख राखिने जानकारी दिनुभयो।

बुंगमती, खोकना र संैबु क्ष्ँेत्रमा डिप बोरिङको प्रक्षेपण गरिने, भिमसेन मन्दिर, मूछें आँगनको पुनर्निर्माण शुरु गरिने कार्यक्रममा भनिएको छ।‘सांस्कृतिक पर्यटकीय नगर बनाउने अवधारणा अनुरुप नगर क्ष्ँेत्रमा रहेका कला, संस्कृतिको नक्सांकन, संस्कृति प्रवद्र्धनका लागि सम्बन्धित सरोकारवालाको क्षमता बढाइने, क्राफ्ट सिटीको घोषणा अनुरुप विविध कार्यक्रम सञ्चालन गरिने छौं।’ महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो–‘आउँदो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १४ करोड ५० लाख उठ्ने अनुमान गरिएको छ।’ विनियोजित रकममध्ये आन्तरिक स्रँेत परिचालनबाट २ अर्ब ६५ करोड ६१ लाख ८ हजार रुपियाँ, संघीय सरकारबाट प्राप्त ९८ करोड ४६ लाख ६० हजार रुपियाँ, प्रदेश सरकारबाट प्राप्त १२ करोड ३६ लाख रुपियाँ, साझेदारी कार्यक्रम ३८ करोड ५२ लाख ६४ हजार रुपियाँ, अन्य अनुदान ४३ करोड रुपियाँ र बचत रकम ६० करोड रुपियाँ रहेको छ।

त्यसैगरी यसपटक चक्रपथ बाहिरको वडा र मर्ज भएको वडाको वार्षिक बजेट २ करोड ५० लाख तोकिएको छ। २ करोड ५० लाख पाउने वडामा १२, १६, १८, २० देखि २९ सम्म रहेका छन्। साविकको कार्यविनायक नगरपालिकामा रहेका सबै वडा, धापाखेल, सुनागुठीलगायतले क्षेत्रका वडाको विकासलाई प्राथमिकतामा राखिएको छ। यसअघि सो सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन गर्नुभयो। प्रस्तावित नीति तथा कार्यक्रम आउँदो असार १७ गते बन्दसत्रमा छलफल गरिनेछ।

प्रतिक्रिया दिनुहोस्