गुगललाई एन्ड्रोइड निकाल्न अवसर दिनु गल्ती थियो: बिल गेट्स



वासिंगटन, (एजेन्सी)
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले गैरएप्पल फोनका लागि प्लेटफर्म नल्याउनु र गुगललाई यसमा मौका दिनु उनको सबैभन्दा ठुलो गल्ती भएको बताएका छन्।

एन्ड्रोइड अपरेटिङ सिस्टम ल्याएर गुगल यस मामिलामा सबैलाई उछिन्न सफल भए। जबकि माइक्रोसफ्टका लागि यो सामान्य कुरा थियो। सञ्चार माध्यमका अनुसार गेट्सले हालै भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन्। माइक्रोसफ्ट अहिले पनि विश्वको ठूला प्रविधि कम्पनीहरुमा अगाडि नै छ। तर गेट्सलाई यदि उनले अपरेटिङ सिस्टममा पुँजी लगाएको भए माइक्रोसफ्ट सबैभन्दा ठूलो कम्पनी हुन्छ भन्ने लागेको छ।

गुगलले सन् २००५ मा ५ करोड डलरमा एन्ड्रोइड सफ्टवेयर किनेको थियो। अहिले यो विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोन अपरेटिङ सिस्टम हो। माइक्रोसफ्टको विन्डोज अफरेटिङ सिस्टम एन्ड्रोइड र आईओएस जति लोकप्रिय हुन सकेन। विन्डो मोबाइल डिभाइसको तुलनामा एन्ड्रोइड र आईओएसमा काम गर्ने एप्सको संख्या अत्यन्तै धेरै छ। त्यसैले पनि ग्राहकहरुले विन्डो फोन कम किन्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्