भारतमा जनताले नेताहरुसँग घूस फिर्ता मागे



नयाँदिल्ली, (एजेन्सी)
भारतको पश्चिम बंगालका जनताहरु अहिले राजनीतिज्ञविरुद्ध एक अनौठो कारणवश एकजुट भएका छन्। तिनीहरुले आपूmले निर्वाचित गरेका प्रतिनिधिहरुसंग आफूले दिएको घूस फिर्ता माग्दै छन्। पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले आफ्ना मन्त्रीहरुलाई सरकारी योजनाहरुमा पहुँच पाउने आशामा जनताले तिनीहरुलाई दिएको घूस रकम फिर्ता दिन आग्रह गरेकी छिन्।

उनको पार्टीका एकजना स्थानीय नेताको निवासमा स्थानीय वासिन्दाले सोमबार छापा मारेका थिए। प्रहरीका अनुसार तिनीहरुले ती नेताबाट पैसा फिर्ता लिन चाहेका थिए। अब राज्यका विभिन्न स्थानमा यस्तै घटनाहरु देखिन थालेको स्थानीय सञ्चार माध्यमले जनाएको छ। एकजना प्रदर्शनकारीले इन्डो–एसियन न्युज सर्भिस ९आईएएनएस० लाई बताएका छन्, ‘तिनीहरुले लिएको पैसा पीडित पक्षलाई फर्काउनुपर्दछ। हामी यी नेताहरुलाई पाठ पढाएरै छाड्छौं। ’

बीबीसी बंगालीका पत्रकार अमिताभ भटाशालीले भारतीय राजनीतिमा घूसखोरीलाई निकै सामान्य कुरा मानिने भए तापनि यस प्रकारको प्रतिक्रिया अप्रत्यासित भएको बताएका छन्। निर्भिक तथा निकै लोकप्रिय मानिने नेता बनर्जी पहिलोपटक सन् २०११ मा सत्तामा पुगेकी थिइन्।

सञ्चार माध्यमले हरेक दिन राज्यका विभिन्न स्थानबाट यस्तो विरोध प्रदर्शन हुने गरेको समाचार प्राप्त भइरहको जनाएको छ। तर केही महिना यता आफ्नो लोकप्रियता खस्किँदै गएको महशुस गर्दै वनर्जी चिन्तित हुन थालेको बुझिएको छ। हालै भारतमा सम्पन्न लोकसभाको चुनावको बेला प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ पार्टी भारतीय जनता पार्टी ९भाजापा० संग आफूले गुमाएको केही साख पुनः प्राप्त गर्ने उद्देश्यले बनर्जीले यस्तो अभियान चलाउन लागेको हुनुपर्ने अनुमान गरिएको छ।

उनको पार्टीले पश्चिम बंगालको विधानसभाको कूल ४२ मध्ये २२ टी मात्र जित्न सकेको थियो। सन् २०१४ मा भने उनको पार्टीले ३२ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस्