खुट्टा तान्दै गर



विश्व संगीत दिवसको अवसरमा सोमबार राजधानीको सुन्धारास्थित आर्मी क्लबमा श्रीमती शान्ता सुनामद्वारा आयोजित संगीतकार शुभबहादुर सुनामको एकल साँझ शुभबहादुर सुनाम साँझमा उनीद्वारा संगीतबद्व गीत प्रस्तुत गर्ने क्रममा गायिका कुन्ती मोक्तान। कार्यक्रममा विभिन्न गायक गायिकाले संगीतकार सुनामद्वारा संगीत तथा संयोजन गरिएका गीतहरू प्रस्तुत गरेका थिए। करिब ४० जनाको लाइभ अर्केस्ट्राले सांगीतिक माहोल निकै तताएको थियो। उक्त अवसरमा प्रेमध्वज प्रधान, आनन्द कार्की, भीम तुलाधर, प्राश्ना शाक्यलगायतका गायक गायिकाले गीत प्रस्तुत गरेका थिए। तस्वीर ः विकास रौनियार

प्रतिक्रिया दिनुहोस्