सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार



सरिता चलाउने, सल्यान । जिल्ला अस्पताल सल्यानमा उपचार हुन नसकेपछि एक सुतकेरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । सुत्केरी ब्यथा लागेको २४ घण्टा घरमा बेहोस् भई जिल्ला अस्पताल सल्यानमा ल्याएकी बनगाड कुपिण्डे नगरपालिकाका वडा नम्बर ८ की १७ वर्षीया मोती परियारको उपचारका लागी हेलिकप्टरबाट उद्दार गरिएको हो ।

अत्याधिक प्रेसरका कारणले पेटमै शिसुको मृत्यु भएपछि उनको थप उपचारको लागी काठमाडौं रिफर गरिएपनि काठमाडौंसम्म उडान हुन नसकेका कारण सुर्खेत पुर्याइएको प्रमुख जिल्ला अधिकार चुडाराज न्यौपानेले जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन बुढाले बताउनु भयो । उनको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको उहाँले बताउनु भयो ।

कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रलालयमा हेलिकप्टर सल्यान आएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनुभयो ।
सुर्खेतबाट तत्काल सके काठमाण्डौं यदि नसके अहिलेलाई नेपालगंजसम्म लगिने उहाँले बताउनु भयो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले सुत्केरीको आइ सि यू मा राखेर उपचार गर्नुपर्ने भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । गर्वपती भएको केहि समयमै उनको बच्चाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्