ललितपुरको बजेट ५ अर्ब १७ करोड, सांस्कृतिक नगरी बनाउने उद्घोष



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरलाई आर्थिक वर्ष २०७६/०७७ को लागि ५ अरब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँ विनियोजित गरेको छ ।

महानगरपालिकाको मंगलबार पाटन बालिफस्थित अशोक हलमा सम्पन्न चौथों नगरसभामा आउँदो आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै सो बजेट प्रस्तावित गरेको हो।त्यसमध्ये पूर्वाधार विकासमा १ अरब ६८ करोड ४८ लाख पूर्वाधार विकासमा विनियोजित गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शीता, र जवाफदेहीता, रोजगारमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनःनिर्माण, पर्यटन विकासको माध्यमबाट आर्थिक वृद्धि, वातावरणमैत्री स्थानीय शासन व्यवस्था लगायत १६ वटा क्षेत्रलाई बजेटको प्रँथमिकतामा राखिएको कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

सर्वसाधारणसंग सरोकार राख्ने कार्यक्रमहरु मध्ये पाटन सम्पदा क्षेत्रमा मोटरसाईकल समेतलाई निषेधित क्ष्ँेत्र घोषणा गर्ने, नगर क्ष्ँेत्रमा विधुतीय गाडीलाई प्रँथमिकता दिई पर्यटकीय क्ष्ँेत्रमा विद्युतीय गाडी सञ्चालनमा ल्याउने प्रयास गरिने कार्यक्रममा भनिएको छ ।त्यसैगरी विद्युत प्रँधिकरण, नेपाल टेलिकम, दूरसञ्चार प्रँधिकरणको समन्वयमा महानगरपालिका भित्रका ऐतिहासिक, पुरात्तात्विक र पर्यटकीय स्थलहरुमा अव्यवस्थित र अशोभनीय तारहरु हटाउने पनि कार्यक्रममा भनिएको छ ।

प्रमुख महर्जनले पर्यटन शुल्कबाट उठेको रकम सम्पदा, संस्कृति र पर्यटन विकासमा खर्च गर्ने नीति,नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, पुरातात्विक सम्पदाको जानकारीमूलक सूचना पाटी प्रकाशित गरिने, सम्पदाको अभिलेख राखिने जानकारी दिनुभयो ।

बुंगमती, खोकना र संैबु क्ष्ँेत्रमा डिप बोरिङको प्रक्षेपण गरिने, भिमसेन मन्दिर, मूछें आँगनको पुनःनिर्माण शुरु गरिने कार्यक्रममा भनिएको छ ।‘सांस्कृतिक पर्यटकीय नगर बनाउने अवधारणा अनुरुप नगर क्ष्ँेत्रमा रहेका कला, संस्कृतिको नक्सांकन, संस्कृति प्रर्वद्धनका लागि सम्बन्धित सरोकारवालाको क्षमता बढाइने, क्राफ्ट सिटीको घोषणा अनुरुप विविध कार्यक्रम सञ्चालन गरिने छौं । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो ।आउँदो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १४ करोड ५० लाख उठ्ने अनुमान गरिएको छ ।

विनियोजित रकम मध्ये आन्तरिक स्रँेत परिचालनबाट २ अरब ६५ करोड ६१ लख ८ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त ९८ करोड ४६ लाख ६० हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त १२ करोड ३६ लाख रुपैयाँ, साझेदारी कार्यक्रम ३८ करोड ५२ लाख ६४ हजार रुपैयाँ, अन्य अनुदान ४३ करोड रुपैयाँ र बचत रकम ६० करोड रुपैयाँ रहेको छ ।

गाभिएको र मर्ज वडालाई २ करोड ५० लाख रुपैयाँ

त्यसैगरी यस पटक चक्रपथ बाहिरको वडा र मर्ज भएको वडाको वार्षिक बजेट २ करोड ५० लाख तोकिएको छ। २ करोड ५० लाख पाउने वडाहरुमा १२, १६, १८, २० देखि २९ सम्म रहेका छन् ।

साविकको कार्यविनायक नगरपालिकामा रहेका सबै वडाहरु, धापाखेल, सुनागुठी लगायतले क्षेत्रका वडाको विकासलाई प्राथमिकतामा राखिएको छ । यस अघि सो सभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्