विप्लव समुहका राप्ती व्युरो सदस्यसहित ४ जना पक्राउ



धनवीर दाहाल,रुकुम । रुकुम पश्चिम प्रहरीले नेत्रबिक्रम चन्द विप्लव समुहका राप्ती व्युरो सदस्य सहित ४ जनालाई पक्राउ गरेको छ । त्रिवेणि गाउँपालिका १, सिन्तुबाङबाट विप्लप नेतृत्वको नेकपाका राप्ती ब्युरो सदस्य सहित ४ जना जिल्ला स्तरका नेतालाई प्रहरीले मंगलबार प्रक्राउ गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

मंगलबार बिहान सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य आठबीसकोट नगरपालिका ११, गोइरी घर भएका ४१ वर्षीय गम्भीर सिर्पाली भनिने गोर्ख कामी, जिल्ला कमिटी सदस्य सानीभेरी गाउँपालिका ३, का ३१ वर्षीय दीर्घराज गहतराज, त्रिवेणी गाउँपालिका सेक्रेटरी सोही गाउँपालिका १ निवासी छविलाल घर्ती र युवा संघका जिल्ला उपाध्यक्ष आठबीसकोट नगरपालिका ११, का २२ वर्षीय विवेक बिकलाई प्रहरीले पक्राउ गरेको ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिइ गएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्