हजारौं आईएस लडाकूको रिहाइको माग



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दी बनाइएका हजारौं इस्लामिक स्टेट ९ आईएस० लडाकूलाई कानुनअनुसार मद्दा चलाएर रिहाइ गरिनुपर्ने माग सोमबार गरेको छ। राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्पूर्ण सम्बन्धित राष्ट्रहरुलाई पनि आ–आफ्ना नागरिकहरुको जिम्मेवारी लिएर अभियोग नलगाइएको अवस्थामा तिनीहरुलाई स्वदेश फर्काउन आ≈वान गरेकी छन्।

यसरी थुनिनेमा विशेष गरी बालबालिकाको मानव अधिकार गम्भीर रूपमा उल्लंघन भएको उनले बताएकी छिन्। गत मार्च महिनामा आईएसको अन्तिम गढ तहास नहस कुने क्रममा केरिब ५५ हजार जनालाई हिरासतमा लिइएको थियो।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघको उच्चायुक्त मिचेलले हिरासतमा लिइएकाहरुलाई के गरिनुपर्ने भन्नेबारे कुनै शंका नै नगरिनुपर्ने, निष्पक्ष ढंगले मुद्दा चलाइएको खण्डमा समाजलाई भविष्यमा अतिवाद र हिंसाको सन्त्रास नहुने तथा आशंकित अपराधमा कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्ने स्वीकार्य नहुने बताएकी छिन्।

उनले विशेष गरी आईएस लडाकूहरुबाट जन्मिएका करिब २९ हजार बालबालिकालाई इंगित गर्दै भनेकी छिन् , ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार दोषी ठहर नभएका विदेशी नागरिकलाई आफ्नो देश फकैन दिइनुपर्दछ। सम्बन्ति राष्टज्ञहरुले पनि द्वन्द्वग्रस्त क्षेत्रमा जन्मेका बालबालिकालाई नागरिकताको हक प्रदान गरिनुपर्दछ।

पहिले नै निकै दुख पाइरहेका बालबालिकालाई राष्ट्रियता प्रदान नगरिनु क्रुरताको पराकाष्ठा हो। सिरियामा आईएस धराशायी हुँदै गए यता त्यहाँको उत्तर पूर्वी क्षेत्रमा रहेको अल –होल शिविरमा बन्दी बनाइएका आईएस लडाकूको संख्या निकै बढ्दै गइरहेको छ।

करिब एक हजार आईएस लडाकूलाई अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सले नियनत्रणमा लिएको थियो। तर त्यसअघि नै सयौं अन्य लडाकूलाई मुद्दा चलाउन इराकलाई सुम्पिएको थियो।

प्रतिक्रिया दिनुहोस्