शक्तिशाली ड्रोन परीक्षण



बेइजिङ, (एजेन्सी)
चीनको सेनाले ५ सय किलोग्रामभन्दा बढी तौल बोक्न सक्षम एक मानवरहित मालवाहक विमानको सफल परीक्षण गरेको छ। यस सफल परीक्षणले अब चीन युद्ध क्षेत्रमा पनि प्यारासुटको माध्यमबाट सैन्य उपकरण तथा सामाग्री सजिलै आपुर्ति गर्न सक्षम भएको बताइएको छ।

चाइना सेन्ट्रल टेलिभिजन ९सीसीटीभी०ले सोमबार प्रसारित समाचारमा जनमुक्ति सेना ९पीएलए०का राष्ट्रिय रक्षा विश्वविद्यालय र चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्राविधिक कर्पोरेसनले संयुक्त रूपमा पश्चिम उत्तर चीनको गान्सु प्रान्तको झांग्येमा उक्त सफल परीक्षण गरेको हो। एक इन्जिनको यो मानवरहित विमानले सफलतापूर्वक सैन्य सामाग्री निर्धारित स्थानमा पु¥याउने छ। विमानको डिजाइन सम्बन्धमा कुनै जानकारी दिएको छैन। सीसीटिभीले सेनाको राष्ट्रिय रक्षा विश्वविद्यालयको संयुक्त लजिस्टिक्स अकादमीका अध्यक्ष ली रुइसिंगले उक्त विमानका बारेमा जानकारी दिएको उल्लेख गरेको छ। चीनले पहिलो पटक मानवरहित विमानबाट ५ सय किलोमिटरभन्दा लामो उडान भरी ५ सय किलोग्रामभन्दा धेरै तौलका सामान निर्धारित स्थानमा प्यारासुटका माध्यमबाट पुर्याउन सक्ने उनले बताएका थिए।

लीले भने– ‘हामीले युद्दका क्रममा सैन्य सामाग्री पु¥याउन र रणनीतिक तथा सामरिक रूपले महत्वपूर्ण स्थानमा बन्दोबस्तीका सामान पु¥याउन नयाँ पारवहनको तरिका खोजिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्