भारतबाट तरकारी आउन बन्द, मुल्य आकासियो



विमल विष्ट, डोटी ।
केही दिन यता देखी भारत बाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्ला सहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मुल्य आकासियको छ ।

यहाँका पहाडी जिल्लाहरुमा माग अनुसारको तरकारी उत्पादन नहुँने तथा भारतबाट आयात गरिने तरकारीमा बिषादी देखिन थलेको भन्दै तरकारी आयातमा बन्द भएसंङ्गै दिपायलमा तरकारी लगायत अन्य फलफुलको मुल्य बढाउनु परेको चन्द तरकारी पशल पिपल्लाका दिनेश चन्दले बताउनुभयो ।

उहाँल भन्नुभयो, “भारतबाट आयात गरिने तरकारी सहित आँप,लिचि लगायतका फलफुलमा बिषादी भएको भन्ने खबर आयो,हामीले तरकारी र फलफुल मगाउन छोडेकाले यहाँ मुल्य बढेको हो ।”

तरकारी आयात गर्न बन्द गरिएपछि यहाँका होटेल तथा स्थानियका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको हो । तरकारीको मूल्य अत्याधिक बढेपछि सबैभन्दा बढी गरि खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लाका स्थानिय वीरहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा तरकारी उत्पादन कमी छ, तराईबाट आयात गरिएको तरकारी बिषादी मिसिएको भनेर ल्याउन छोडे यहाँ मुल्य बढेपछि दैनिक मज्दुरी गरी खाने वर्ग मारमा परेकाछन् ।”

यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानिय उपभोक्तहरु बताउछन् । केही दिन पहिले प्रति किलो रु १०० मा पाउने गरेको गोलभेडा एकाएक दुईगुणाले बृद्धि भएको स्थानिय उपभोक्त खडक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले रु १०० रुपिया किलोमा पाईने गोलभेडा अहिले रु २०० रुपिया पुगेकोछ,काउली,सिम लगायतका तरकारीमा भाउ बढेकोछ हामीलाई समस्या भयो ।” त्यस्तै भारतबाट आयात गरिएको आँप पहिले प्रतिकिलो रु ८० मा पाईने भएपनि अहिले भारतको आँप ल्याउन छोडिएपछि यहाँको लोकल आँपको मुल्य रु १९० रुपिया पर्नथालेको छ ।

जिल्लामा पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकहरुले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएको र भारतबाट तरकारी लगायत अन्य चिज आयात गर्न बन्द भएपछि यहाँ उत्पादन भएको लोकल तरकारी र फलफुलको मुल्य बृद्धि भएको देउवा तरकारी पशल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ भारत लगायत तराई बाट तरकारी ल्याउन बन्द गरेकाछौँ,जिल्लामा प्रसस्त तरकारी नपाउदा मुल्य बृद्धि भएको हो ।” डोटीमा बिगत देखी नै छिमेकी जिल्ला डडेल्धुरा,कैलाली,कञ्चनपुर तथा भारतको पलिया,लखनउ,बरेली,खटिमा,बनबासा, गौरी फान्ट लगायतका शहरबाट तरकारी आयात गरिदै आएको छ ।

त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १००,लौका प्रतिकिलो रु ९०,हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ९० रहेको तरकारी व्यापारीहरु बताउछन् । यतिमात्र नभई यहाँको बजारमा तरकारीको मुल्य एकरुपता नभएका कारण व्यापारीहरुले पशले पिच्छे तरकारीको मुल्य अलग अलग लिने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

यहाँका तरकारी पशलहरुमा पशलै पिच्छे अलग अलग मुल्य लिईदै गरेपनि मुल्यमा एक रुपता दिन सम्बन्धित निकाएले कुनै चासो नदेखाएको दिपायलका स्थानिय सर्वजित देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पशलै पिच्छे अलग अलग मुल्य लिईन्छ तर मुल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।”तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन जिल्लामा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले लाखौ रकम खर्चे गरिरहेपनि लक्ष अनुसार तरकारी उत्पादन हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्