सुन्तला जोन परियोजनाले कृषकलाई बाँड्यो २० लाख वरावरको औजार



बासुदेव शर्मा, जाजरकोट ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोनले कुशे गाउँपालिका ५ दम्दालाका कृषकहरुलाई उपलव्धिमा आधारीत प्रोत्साहन अनुदान र उपकरणहरु हस्तान्तरण गरेको छ ।

कुशे गाउँपालिका, भेरी नगरपालिका नलगाड नगरपालिकाका कृषकहरुलाई ७ लाख वरावरको रकम वितरण गर्ने भएको छ । कशे गाउँपालिका ५, र ६ का कृषकहरुलाई प्रोत्साहन स्वरुप रकम वितरण गरिएको परियोजनाका प्रमुख टंक रिजालले वताउनु भयो ।

जाजरकोट जिल्लालाई फलफुल खेतीमा बृद्धी गर्न किसानहरुलाई हौसला दिनको लागी किसानले लगाएको वोटका आधारमा कुशे गाउँपालिका ५ र ६ का ३ सय २० जना कृषकहरुलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

पहिलो चरणमा कार्यक्रम लागु भएका भेरी नगरपालिका २ का ९६ जना, नलगाड नगरपालिकाका १ सय २६ जना कृषकहरुलाई केहि दिनमै वितरण गर्ने सुन्तला जोन परियोजनाका प्रमुख टंक रिजालले वताउनु भयो ।

परियोजनाले एक कार्यक्रम गरी कुशे ५ दम्दालाका ३२० जना कृषकहरुलाई प्रोत्साहन रकम, २० लाख वरावरको सुन्तला स्वच्छ उत्पादन गर्नको लागी उपकरण औजार सामाग्री वितरण गरेको छ ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजना सुन्तला जोनले कुशे ५ दम्दालाका कृषिकहरुलाई फलफुल खेतीमा सहजता ल्याउन पावर टेलर टेक्टर २ वटा खाल्डा खन्ने मेशिन २ वटा पावर स्प्रयेर २ वटा सिचाई स्प्रिङकलर १०० वटा फुट स्प्रेयर ४०वटा सिकेचर २ सय वटा आरि १ सय ६० वटा सुन्तला टिप्न र औषधि उपचार गर्न वोटलाई स्वच्छ राख्नको लागी भरयाङ सिडी इन्डियान ४०वटा भरयाङ सिडी चाइनिज २० वटा फल टिप्नको लागी कैचि २ सय वटा थर्ममिटर २ वटा जुस मेशिन २ वटा तौल गर्ने मेशिन १ सय वटा उपकरणहरु जोन संचालनक समितिका अध्यक्ष भिमसेन थापालाई हस्तान्तर गरेको हो ।

५ सय हेक्टरमा सुन्तला खेती गर्नु पर्ने परियोजनाको लक्ष्य भएपनि जाजरकोटमा ३ सय हेक्टर जमिनमा शुरु गरेकोले परियोजनाको नियम अनुसार फलफुल खेतीलाई बृद्धी गर्न ५ सय हेक्टर जमिनमा फलफुल खेती गर्न आग्रह गर्नु भयो ।

फलफुल खेतीमा प्राङ्गारिक मल प्रयोग गरे वोट फल, स्वच्छ हुने खाना पनि स्वादिस्ट हुने हुदाँ प्राङ्गारिक मल प्रयोग गर्न आग्रह गर्नु भयो ।

सुन्तला खेतीको उत्पादनमा बृद्धी गरी स्वच्छ र सफा फल उत्पादन गर्न निलोथुतो, हर्मोन लगाएतका किनाशक औषधि वितरण गरेको,प्रयोग गर्न सिकाएको सुन्तला खेतीमा व्यवसायीक वन्ने कृषकलाई परियोजनाले प्राविधिक,आर्थिक सहयोग गर्ने वताउनु भयो ।

३० फिट खाल्डो खनी विरुवा लगाउदाँ फल स्वादिस्ट हुने विरुवा स्वस्थ उत्पादन हुने भएकोले विरुवा लगाउदाँ प्राविधिकको सल्लाह अनुसार विरुवा लगाउन आग्रह गर्नु भयो । सुन्तलाको राम्रो सम्भावना भएकोले उत्पादनमा बृद्धी गरे हाते जुस उत्पादन गरी प्राङ्गारिक जुसको स्थानका रुपमा जाजरकोटलाई चिनाउन आग्रह गर्नु भयो ।

सुन्तला जोन संचालक समितिका अध्यक्ष भिमसेन थापाले दम्दाला सुन्तलाको विशेष क्षेत्र भएपनि वजार नपाउदाँ विक्रि वितरणमा समस्या आउने भएकोले सरोकारवाला निकायले सडक वाटोको स्तरउन्नती गरी वजारको पहुजमा बृद्धी गरे किसानको हौसला वढने वताउनु भयो । भने सामाग्री पाए पछि किसान खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्