गरगहना निकासी गर्न सके राष्ट्र बैंकले चाहिएजति सुन दिने



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जीवी नेपालले अब नेपाली व्यवसायीले परम्परागत ढंगबाट भन्दा पनि आधुनिक, गुणस्तरीय वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ। नेपाल रत्न तथा आभूषण सघंको १५औ वाीर्षक साधारण सभाको उद्रघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले गरगहना निकासीलाई प्राथमिकता दिएर वस्तु उत्पादन गरेमा चाहे जति सुन उपलब्ध गराउन नेपाल राष्ट्र बैंक तयार रहेको बताउँदै गर्भनर नेपालले सुनचँँदीको कारोबार गर्ने व्यवसायीको बीचमा एकता अनिवार्य रहेको धारणा राख्नुभयो। गभर्नर नेपालले सक्षम कालिगढ उत्पादन कार्यको लागि तालिम उपलब्ध गराउनेदेखि लिएर, विश्व परिवेशमा नेपाली उत्पादनलाई वैज्ञानिक र गुणस्तरीय बनाउन चाहिने मेसिनरी औजारको लागि नेपाल राष्ट्र बैंकले सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले नेपाली गरगहनाको क्षेत्रमा देखा परेका समस्या र चुनौतीमा राज्य गम्भीर हुनुपर्ने भन्दैे उहाँले पर्याप्त सुन अभावका कारण व्यवसाय चलाउन गाह्रो परेको बताउनुभयो।

अध्यक्ष राणाले यदी यो क्षेत्रमा खासगरी कालिगढी पेसामा मात्र नेपालीलाई आत्मनिर्भर गराउन सके धेरैलाई रोजगारी दिन सक्ने धारणा राख्नुभयो। कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपालले सुनचाँदी हिराजुहारत जस्ता व्यवसाय बहुमुल्य घातु भएकाले पारदर्शी र व्यवस्थित हिसाबले कारोबार गर्न आग्रह गर्नुभयो। उहाँले सरकारले ल्याएका नीति नियमका कारण कुनै समस्या आए आफू जहिले पनि व्यवसायीसँग छलफलमा गर्न तयार रहेको बताउनुभयो।

त्यस्तै खानी तथा भुगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटा, नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल चेम्बर अफ कर्मसका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल र नेपाल रत्न तथा आभूषण सघका अध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले गरगहना क्षेत्रमा देखा परेका समस्या र चुनौतीका बारेमा धारणा व्यक्त गर्नुभएको थियो। साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदनसमेत पास गरेको छ।

प्रतिक्रिया दिनुहोस्