आपत्ति के को ?



शान्ति सुरक्षा कायम गर्न, अपराध र अपराधिक गतिविधी मौलाउन नदिन, बनेका कानून कार्यान्वय गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरो जो कोहीले बुझेकै हो । यो बुझाई प्रष्ट हुँदा हुँदै पनि प्रहरी प्रशासन आलोचित बनिरहेको हुन्छ । कहिँ प्रहरीले निगरानी बढाएन भन्दै आलोचना कहिँ समयमा प्रहरी पुगेन भनेर आलोचना अनि कतै चाहिँ प्रहरी राख्नै हुन्न भन्दै आलोचना ।

हिजो–आज यस्तै जुहारी चल्या छ–त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा । कीर्तिपुर बजारमा रहेको प्रहरी कार्यालय त्रिवी परिसरमा सर्ने तयारी हुँदै गर्दा विद्यार्थी विरोधमा उत्रिया छन् । विश्वविद्यालय भित्रै प्रहरी कार्यालय स्थापना हुँदा पठन पाठनमा वाधा पुग्ने विद्यार्थी नेताहरुको तर्क छ । उनको कुरो आफ्नो ठाउँमा ठिक होला ।

तर धरहराले बुझ्न नसक्या कुरो, त्रिवी परिसरमा हुँदै आएको ग्याङ फाईट सहित विविध किसिमका आपराधिक गतिविधी नियन्त्रण गर्न प्रहरी असक्षम हुने भएर पो त्यस्तो तर्क आएको हो कि ? कि, प्रहरी प्राइभेट स्कूल र कलेजका डीआई जस्तै भूमिकामा त्रिवीका हरेक डिपार्टमेन्ट र कक्षा कोठामा पुग्ने भएर आपत्ति आएको हो ?

प्रतिक्रिया दिनुहोस्