साइनोको गीत सार्वजनिक



अभिनेतृ भुवन चन्द थापाद्वारा निर्माणाधीन फिल्म साइनोमा समावेश कुन मायाको साइनो बोलको गीत सार्वजनिक गरिएको छ। यो रिलिकल गीतमा नीता ढुंगाना, मिरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ।

एलिश कार्कीद्वारा संगीतबद्ध गीतमा प्रताप दास र जिना रसाइलीको स्वर छ भने राजेशकुमार श्रेष्ठको शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। आगामी साउन २४ गते रिलिज हुने फिल्ममा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा,वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भीमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, वसुकला मैनालीलगायतले अभिनय गरेका छन्। चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा लेखन अभिमन्यु निरवी, छायांकन रामेश्वर कार्की र सम्पादन बनिष शाहको रहेको छ।

रमेश थापाद्वारा निर्देशित फिल्मको यो गीतका लागि टिक टक च्यालेन्ज पनि गरिने भएको छ। गीतको कुनै पनि अंशमा इच्छुकले टिक टकबाट भिडियो बनाउन सक्नेछन्। भिडियोलाई साइनोको फेसबुक पेजमा पठाएर च्यालेन्जमा सहभागिता जनाउन सकिने निर्माण समूहले जनाएको छ। उत्कृष्ट हुने भिडियोलाई क्रमशः ५०, ३० र २० हजार रुपियाँ पुरस्कास्वरूप प्रदान गरिने निर्माताले बताए।

प्रतिक्रिया दिनुहोस्