संगीतमा दिलहीरा



रविन कान्दङवाद्वारा स्वरबद्व गीत दिलहीराको अनप्लग भर्सन सार्वजनिक भएको छ।
नवराज लम्सालको शब्द, हरि लम्सालको संगीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। अमृत सुनुवारले निर्देशन र छायांकन गरेको गीतको म्युजिक भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ। भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन्। ‘हामीले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएका छौं। यसले सबैको मन जित्नेमा हामी आशावादी छौं।’ –संगीतकार हरि लम्सालले भने।

प्रतिक्रिया दिनुहोस्